प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् ।
मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास कहाँबाट आयो ? कसको सैन्य अभ्यास ? मन्त्री भइसकेका माननीयज्यूहरुले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ ।’
‘यस्तै कुरा आउँछ भनेर घोषणापत्रै बोकेर बसेको छु । यो गोप्य पनि छैन, बजारभरी छ ।’
संसदमा कांग्रेस सांसदहरुले बिमस्टेक राष्ट्रहरुबीच पुनेमा हुने सैन्य अभ्यासबारे प्रश्न गरेका थिए । सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरेका थिए । उनले भने, ‘बहुपक्षीय आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?’
अर्का सांसद दिव्यमणि राजभण्डारीले विमस्टेकको एजेण्डामा नै नभएको संयुक्त सैन्य अभ्यासबारे भएको निर्णयले सशंकित भएको बताए । ‘कुनै एजेण्डामा नै नभएको देशलाई गुमराहमा गरेर यस्तो निर्णय गर्दा नेपाली जनता सशंकित भएका छन्’ उनले भने । सांसद अमरेशकुमार सिंहले सैनिक अभ्यासले देश सैनिकिकरणतिर जाने त होइन ? भनी प्रश्न गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले भने बिमस्टेक घोषणापत्रमा सैन्य अभ्यास उल्लेख नभएको तर्क गरे । उनले घोषणापत्रमा रहेको आतंकवादसम्बन्धी बुँदा पढेर सुनाएका छन् ।
नेपालले भारत, चीन, पाकिस्तान र अमेरिकासँग सैन्य अभ्यास गर्ने पुरानै प्रचलन भएको उनले बताए । मिलिटरी प्याक्ट (सैन्य सम्झौता) मा बदल्न खोजेको कतै घोषणामा छ ? विकासको कुरा गरेको छ, कनेक्टिभिटीको कुरा गरेको छ’ ओलीले भने, ‘नेपाल यस्तो मिलिटरी प्याक्टमा विश्वास गर्दैन, पस्दा पनि पस्दैन ।’
सांसदहरुले बिमस्टेक सम्मेलनमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिक लिएर आएको विषयमा पनि प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले भने यो स्वभाविक भएको भन्दै अनावश्यक रुपमा नउछाल्न आग्रह गरे ।
‘सुरक्षाका पक्ष हुन्छन्, यसलाई ठीकै ढंगले बुझ्नुपर्छ । हामीले पनि गच्छे अनुसारको सुरक्षा लैजान्छौं । युनिर्फम, गैह्र युनिर्फममा लैजान्छौं’ उनले भने, ‘उनीहरु कब्जा गर्न त आएका होइनन् । अनावश्यक ढंगले उछाल्नु बान्छनिय हुन्छ जस्तो लाग्दैन ।’
बिमस्टेक शिखर सम्मेलनका क्रममा नेपाली सेनासँगै अन्य सुरक्षा निकायले आफ्नो क्षमता देखाएको बताए । ‘हामीले नेपाली सेना र सुरक्षा प्रबन्धमाथि विश्वास गरिदेउ भन्ने होइन । हामीले हाम्रो कामबाट देखाएका छौं’ उनले भने, ‘सम्मेलन कुनै घटनाबिना सफल हुनुले नेपालको सुरक्षा क्षमता प्रष्ट भएन र ?’
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






