मन्त्री बिष्टले गरे श्रम बिभागको निरिक्षण,ठगहरुलाई नछाड्ने कडा चेतावनी

काठमाडौं । वैदेशिक रोजगार बिभाग बढी बिबादित कार्यालय अन्तरगत पर्छ । कहिले घँुस काण्ड त कहिले वैदेशिक रोजगारीमा ठगीएका यूवाहरुलाई न्याय दिनुको सटटा झन पिडा दिने गरेको भनेर पनि बारम्बार गुनासो आउने गर्छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुद्घिरणको कदम चलाए पनि तल्लो निकायको पुरानै गतिले जनअपेक्षा अनुसार काम हुन नसकेको आरोप वैदेशिक रोजगार बिभागलाई लाग्दै आएको छ ।

यसैको जनगुनासो बढी रहेको वेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बिभागको कामको गतिबिधि बारे स्थलगत निरिक्षण गरेका छन् । श्रम मन्त्री बिष्टले वैदेशिक रोजगारीमा ठगीएका व्यक्रि र आफन्त संगको भेटमा ठग गर्नेहरुलाई तत्काल कारबाही गरी पिडितलाई न्याय दिन आफु प्रतिबद्घ रहेको बताए ।
मन्त्री विष्टले कार्यालयका सबै कार्यकक्षहरुको अवलोकन गर्न विभागमा पुगेका थिए ।

मन्त्री बिष्टले सम्बन्धित पीडितको फाइल आफूसमक्ष ल्याउन निर्देशन दिए । श्रम सचिव महेश दाहालले पनि उनको उजुरीलाई तत्काल दर्ता गरेर कारवाही अघि बढाउन निर्देशन दिए ।मन्त्री बिष्टले अनुगमनका क्रममा विभागका कर्मचारीलाई परादर्शी ढंगले काम गर्न निर्देशन दिदै यहाँका विकृती अन्त्य गर्न बिभागका कार्यालय प्रमुखलाई निर्देशन दिए ।

मिलापत्रका नाममा लाखौं ठगिएका व्यक्तिहरुलाई हजार क्षतिपूर्ति दिलाएर दोषीलाई उन्मुक्ति दिने गरेको भन्दै कर्मचारी प्रति असन्तुष्टी पोखे । उनले विभागमा फर्छ्योट हुन बाँकी रहेका सबै उजुरीहरुलाई तत्काल टुंगोमा र्पुयाउन पनि निर्देशन दिए । उजुरीहरुको सुनुवाई तत्कालै गर्न र व्यक्तिगत ठगीका हकमा विवरण तयार गरेर गृह मन्त्रालयमार्फत समन्वय गरी पक्राउको अभियान चलाउन आवश्यक देखिएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाइको मत

मुख्य अपडेट बाट अन्य

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...

आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...