बैशाख १४ गते ट्रायथोलनको एशिया कप पोखरामा हुने

काठमाडौं । ट्राईयाथलन र पाराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । पा“च नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र पराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डक प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो ।

पूर्वाञ्चलमा आयोजना भएको सातौ राष्ट्रिय प्रतियोगिताको अन्तिम दिन आठौं राष्ट्रि खेलकुद आयोजना हुने स्थलको रुपमा तात्कालिन पश्चिमाञ्चल क्षेत्रले दावेदारी प्रस्तुत गरेता पनि अन्तमा मध्य–पश्चिमाञ्चलले प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।

पूर्वाधार अभावका कारण आठौं अन्तरगतको प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा हुने भएकोमा ट्राईयाथलन पनि पोखरामानै आयोजना हुने भए पश्चात आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना गर्ने सौभाग्य प्राप्त गरेको हो ।

नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका हुन । प्रतियोगिता यहि चैत ३० गते हुने भएको छ । ‘हामीले प्रदेश ५ को परेवा तालमा ट्रयथोलन आयोजना गर्ने भनेका थियौं तर उक्त स्थल धार्मिक लगाएत अन्य विविध कारणले उक्त स्थानमा हुन सकेन अनि पूर्वाधार भएको पोखरामा गर्ने सोच बनाएका हौं’ अध्यक्ष श्रेष्ठले भने ।

नेपालगञ्जमा हुन नसकेपछि काठमाण्डौमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ट्राईयाथलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक रहेको हुन्छ तसर्थ हामीले पोखरालाई उचित स्थलको रुपमा लिएका हौं ।

अध्यक्ष श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रायथोलन च्याम्यिनशिपलाई अन्तर्रा्ष्ट्रिय ट्रायथोलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए । अप्रिल २७ अर्थात २०७६ बैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामा आयोजना हुनेछ ।

पोखरामा एशिया कप सहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप सहित दुई वटा इभेन्टहरु संगै संचालन हुनेछन । साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप भने सातौं पटक हो । एशिया कपका लागि एशिया बाट मात्रै नभई विश्वभरिका ट्राईयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुद बाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने छ ।

प्रतियोगितामा ट्राइयाथलन, दुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हरु हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्विमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने दुआथोलन स्प्रिन्टमा ५ कि।मि। दौड, २० किलोमिटर साइक्लिङ, २।५ किलोमिटरको दौड हुनेछ ।

मिक्स डबल्समा २÷२ जना महिला र २÷२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।यहि चैत ३० गते हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुल ४७ जना खेलाडीको सहभागिता रहनेछ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चार प्रदेशका खेलाडीहरुको दर्ता हुनु पर्नेमा समयमानै खेलाडीहरुलो आफ्नो प्रदेशबाट दर्ता नगरेका कारण खुल्ला प्रतिस्पर्धा गराईन लागिएको हो । ट्राइयाथलनमा सोझै खेल्ने अवसर भएकोले पनि खेलाडीको संख्या बढन सक्ने श्रेष्ठले बताएका छन ।

अहिले सम्म नेपाली सेना बाट १२, शसस्त्रको एपिएफ क्लब बाट १४, प्रदेश ३ बाट ७, गण्डकी प्रदेश बाट ५, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोट बाट १ र रुकुम बाट २ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । जस मध्ये १७ जना महिला खेलाडी रहेका छन ।

मा प्रकाशित

यसमा तपाइको मत

मुख्य अपडेट बाट अन्य

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...

आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...