
काठमाण्डौ जेठ ३०, । उपचारको क्रममा बिरामीको मृत्युपछि चावहिलमा रहेको ओम अस्पताल अहिले तनावग्रस्त भएको छ ।
बिरामीको मृत्यु चिकित्सकको लापर्वाहीले भएको भन्दै आफन्तहरु नाराबाजी सहित अस्पताल घेरेको छन् । अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गएको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० वर्षीया रामप्यारी थापा मगरको बिहीबार बिहान मृत्यु भएको हो । डाक्टर रविन कोइरालाले थापाको शल्यक्रिया गरेको बताईएको छ ।
शल्यक्रियाका क्रममा सानो आन्द्रामा प्वाल पारिएको र त्यसलाई नटाली बाहिरको तह टालेपछि आन्द्राबाट फोहोर लिक भई शरीरभरि फैलिएको र इन्फेक्सनका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।
बिरामी रामप्यारी आफै हिँडेर गएको बिहीबार जाँचका लागि ओम अस्पतालमा पुगेकी थिईन् । जाँचका क्रममा चिकित्सकले पित्तथैलीमा पत्थरी भएको र अप्रेशन गर्नुपर्ने बताएपछि भोलिपल्ट अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले भने बिरामीको अवस्था पहिले नै खराब भएको बताएको छ । ‘महिलाको पहिला नै पाठेघरको तीन पटक अप्रेशन भैसकेको रहेछ । अप्रेशन गर्नुभन्दा पहिला नै आफन्तलाई जोखिम हुन्छ भनेर भनेका थियौँ’, अस्पतालका निर्देशक केपी देवकोटाले बताए ।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






