अर्घाखाँची निवासी स्व.रुक्मागत गैरेको पुण्य तिथिमा काठमाडौमा श्रद्वाञ्जली सभा

काठमाडौ १, भदौ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी निवासी स्व.रुक्मागत गैरेको ४५ दिनको पुण्य तिथिमा श्रद्वाञ्जली सभा सम्पन्न भएको छ । आज काठमाडौमा आयोजित एक कार्यक्रम बिच श्रद्वाञ्जली सभा सम्पन्न भएको हो ।

श्रद्वाञ्जली सभामा पूर्वउपप्रधान मन्त्री तथा नेकपाका स्थायी समितीका सदस्य एवम् यूवा तथा खेलकुद बिभाग प्रमुख टोपबहादुर रायमाझीले स्व. गैरेको परिवारलाई सम्वेदना व्यक्त गदै उहाँको फोटोमा अबिर लगाई दिएर माल्यापर्ण गर्नुभयो ।

जिल्लाको सांसद समेत रहनु भएका रायमाझीले स्व. रुक्मागत गैरेलाई २०४० साल देखी राम्रो संग उठबस भएको स्मरण गराउदै उहा‘ राजनीति संगै समाज सेवामा समेत कृयाशिल रहदै आएको बताउनु भयो ।

स्व. गैरेले आफनो क्षमता अनुसार समाजमा ठुलो योगदान दिएर गएको बताउदै नेता रायमाझीले अर्घाखाँची जिल्ला संगै देशको लागी ठुलो क्षती भएको बताउनु भयो ।

सोही कार्यक्रममै नेता रायमाझीले १० बर्षको जनयूद्व र २०६२—०६३ को जनआन्दोलन बाट प्राप्त भएको उपलब्धी कसैको धम्की र हिंसाले उल्टन नसक्ने बताउनु भयो । पूर्वउपप्रधान मन्त्री समेत रहनु भएका रायमाझीले बिप्लब समूहलाई लक्षित गर्दै हिंसा, हत्याको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्नु भयो ।

नेकपाका प्रभावशाली नेता डिलाराम आचार्यले स्वर्गीय रुक्मागत गैरेको निधनले समाज र देशको लागी नै ठुलो क्षती भएको भन्दै उहाँले समाजमा देखाएको योगदानको अनुसरण गरेर अगाडी बढन जरुरी रहेको बताउनु भयो ।

नेता आचार्यले भुमिगत कालमा स्वर्गीय गैरेले हामीलाई बिभिन्न पटक सल्लाह सुझाब संगै सेल्टर दिएको स्मरण गराउनु भयो ।

नेकपा कै नेता लक्ष्मण रायमाझीले परिबारमा सम्बेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्र्दै अघि बढ्नु पर्ने बताउनु भयो । नेता रायमाझीले आफुहरुले राजनीति संगठन बिस्तारको क्रममा उहाँले बिभिन्न कठिनाई आउँदा सहजीकरणको वातावरण निर्माण गरेको स्मरण समेत गर्नु भयो ।

श्रद्वाञ्जली सभा कार्यक्रमको सभापतित्व गर्नु भएका स्वर्गीय गैरेका कान्छो भाई विनाराम गैरेले दाईको निधनले परिवारमा परेको शोकलाई शक्तिमा बदल्ने प्रण गर्दै अगाडी बढने बताउनु भयो । उहाँले दाईको निधनबाट समाजमा ठुलो क्षती पुगेको बताउनु भयो ।

श्रद्वाञ्जली सभा कार्यक्रमको संचालन कृष्णप्रसाद गैरेले गर्नु भएको थियो । श्रद्वाञ्जली सभा कार्यक्रममा सर्यौको संख्यामा गाउँ तथा जिल्लावासीहरुको एबम् बिभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायी , पत्रकार पेशाकर्मी लगाएतको सहभागीता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...