चौरी देउराली, काभ्रे । काभ्रे जिल्लामा रहेका सहकारी संघसंस्थाहरुको छाता संघ जिल्ला सहकारी संघ लि काभ्रेले चौरी देउराली गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय सहकारी समन्वय समिति गठन गरेको छ ।
चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभाध्यक्ष जिल्ला सहकारी संघ लि का सचिव दिलिप शर्माले गर्नु भएको थियो । कार्यक्रममा पालिकाका नौ वटै वडामा गठन भएका सहकारी संस्थाका सबै ५४ जना सहकारी संस्थाहरु प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाँई, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, जिल्ला सहकारी संघ लि का सल्लाहाकार रेणुका चौंलागाँई तथा विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
कल्याण्कारी बहुउद्देश्यीय सहकारी संस्था लि माझी फेदाका अध्यक्ष चित्रप्रसाद चौंलागाईको संयोजकत्वमा गठन भएको समन्वय समितिमा सहसंयोजक लक्ष्मी लामा नाग्रे गगर्चे महिला बचत तथा ऋण सहकारी सस्था, सचिवमा तारा प्रसाद चौंलागाई कोशिपूर्व बचत तथा ऋण र सदस्यहरुमा मुक्तिनाथ गौतम शैलुंगेस्वरी बचत,आश्विन कुमार गौतम प्रयास कृषि, चिनिमाया लामा अग्रगती सचेतना कृषि, कालिप्रसाद पाण्डे नवज्योती बहुउद्देश्यीय, नुर्बु तामाङ सलमबु कृषि, बलराम चौंलागाँई चौरीखोला लघु जलविद्युत, मिनप्रसाद चौलागाँई कोशिपूर्व सिर्जनसिल सुस्मिता तामाङ सप्तरंगी महिला विकास बचत सहकारीबाट प्रतिनिधित्व गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले नव निर्बाचित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै पालिकास्तर

मा गठन भएका सहकारी संस्थाहरु अव सहकारी ऐन तथा नियमावलीहरुको पालना गर्दै अगाडि बढ्नुपर्ने बताउदै सहकारीको क्षेत्रमा काम गर्ने हिजो म एक्लै थिए अव एउटा सशक्त टिम रहेको र मानव शक्ति अभाव भइ कार्यक्रमहरु अगाडि बढाउन नसकिरहेको अवस्थामा आजको यस कार्यक्रमले सहकारी क्षेत्रलाई क्षमतावान बनाउन सकिने धारणा राख्दै पहिलो पटक नै गठन भएका सहकारी समन्वय समितिका ११ जनाकै संस्था कसरी चलेका रहेछन्् भनेर आफुले अनुगमन गर्ने जानकारी गराउनु भयो । नव गठित सहकारी समन्वय समितिलाई आफुले सकेको सहयोगसमेत उपलब्ध गराउने गाउँपालिका अध्यक्ष गौतमले प्रतिबद्धता व्यक्त गर्नु भयोे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा कुमारी चौलागाँई, जिल्ला सहकारी संघका सल्लाहाकार रेणुका चौंलागाईलगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि का सञ्चालक ठाकुरनाथ अधिकारीले गर्नु भएको थियो भने कार्यक्रममा जिल्ला सहकारी संघका सचिव दिलिप शर्माले जिल्ला सहकारी संघको भूमिका, कार्य प्रगती सहित सहकारी ऐन नियमका बारेमा प्रस्तुतकिरण गर्नुभएको थियो ।
स्थानीय पालिकास्तरमा सहकारीको नियमन, गठन तथा अनुगमनका बिषयहरुलाई अगाडि बढाई सहकारी संस्थाहरुको क्षमता अभिबृद्धिमा लाग्नुपर्ने ढिलो भैसकेकाले ऐन तथा नियमावलीले व्यवस्था गरे अनुरुप सहकारीहरु एउटै तथा सशक्त रुपमा अगाडि बढाउन जिल्ला सहकारी संघ लि काभ्रेले पालिकास्तरमा विभिन्न खालका क्रियाकलापहरु समेत गर्दै आएको बताउनु भयो । जिल्ला सहकारी संघ लि ले जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन कार्यलाई तीब्रता दिएसँगै यो पालिका सहित ७ वटामा समन्वय समिति गठन सम्पन्न गरिसकेको छ । यस अघि मण्डनदेउपुर, पाँचखाल, धुलिखेल, तेमाल, भुम्लु तथा नमोबुद्धमा समन्वय समिति गठन भईसकेको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






