हराए पाकिस्तानी लेफ्टिनेन्ट कर्णेल, ‘रअ’ले अपहरण गरेको पाकिस्तानको आरोप

नेपालमा जागिरका लागि अन्तवार्ता दिन भन्दै आएका पाकिस्तानी सेनाका सेवा निबृत्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबीब नेपालको लुम्बिनीबाट हराएका छन् । पाकिस्तानी रक्षा मन्त्रालयले आइतबार नेपालका अधिकारीलाई उनी रोजगारीको शिलशिलामा लुम्बिनी उत्रेको केही क्षणदेखि नै हराईरहेको भन्दै खोजविन गर्न आग्रह गरेको हो । नेपालमा अर्को देशका नागरिकलाई समातेर भारतले अन्तर्राष्ट्रिय अपराधमात्र गरेको नभई नेपाली सार्बभौमिकताको समेत उल्लघंन गरेको पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार,  उनी जागिरका लागि अन्तवार्ता दिन  ६ अप्रिल २०१७ मा नेपाल आएका थिए । त्यसपछि उनी  बेपत्ता भएकाले उनका परिवारका तर्फबाट एफआईआर दर्ता गरिएको छ । लुम्बिनी उत्रे लगत्तै परिवारलाई आफू नेपालको लुम्बिनी पुगेको जानकारी गराएका उनी त्यसपछि हराएका हुन् । परिवारले उनी हराएको खवर पाकिस्तानी सरकारलाई गरेपछि यो सार्बजनिक भएको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार सैन्य हतियार बिभागमा कार्यरत हबीब ३१ अक्टोबर २०१४ मा सेनाबाट रिटायर्ड भएका थिए । त्यसपछि उनी फैसलाबादको रफान मिल्समा कार्यरत थिए । केही महिना अघि उनले सामाजिक साइट लिंक्ड इन र संयुक्त राष्ट्रसंघको वेबसाईटमा आफ्नो सीभी  पोष्ट गरे । त्यसको जवाफमा युकेका मार्क थम्प्सन नामका व्यक्तिले इमेलमार्फत उनलाई सम्पर्क गरे । पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार यो वेबसाईट भारतमा होष्ट गरिएको हो । उनलाई जागिरका लागि छानिएको भन्दै अन्तवार्ताका लागि काठमाडौं बोलाइएको थियो ।

उनलाई अमेरिकी डलर ३५ सयदेखि ८५ सयसम्म प्रस्ताव गर्दै अन्तवार्ताका लागि ६ अप्रिलमा काठमाडौं पुग्न भनिएको थियो । त्यसका लागि ओमान एयरलाईन्सबाट लाहोर–ओमान–काठमाडौंको टिकटसमेत पठाइएको थियो । यात्रा रेकर्ड हेर्दा उनले ५ अप्रिलमा ओमन एयरलाईन्सको उडान नम्बर डब्लुवाई ३४४ बाट ओमानको यात्रा गरेको देखिन्छ  । अनुसन्धानबाट पत्ता लागे अनुसार, जाबेद अन्सारी नामका व्यक्तिले उनलाई ओमान बिमानस्थलमा भेटे र उनलाई नेपालको सेल न. ००९७७९८१३८४८६८९ हस्तान्तरण गरे ।

त्यसपछि ६ अप्रिलमा उनी काठमाडौं उत्रिए र त्यही दिन उनी बुद्ध एयरबाट लुम्बिनी पुगे । ६ अप्रिलकै दिन १ बजे उनले आफ्नो मोबाइलबाट पाकिस्तानमा रहेकी श्रीमतीलाई फोन गरी आफू लुम्बिनी उत्रेको सन्देश पठाएका छन् । त्यसपछि उनको मोबाईल बन्द भयो र उनको कुनै खवर थाहा हुन सकेको छैन । पाकिस्तानी सरकार र परिवारले सेवानिबृत्त यी सैनिक अधिकारीको भारतीय खुफिया एजेन्सी ‘रअ’ ले अपहरण गरेको आरोप लगाएको छ ।

पाकिस्तान सरकारले आफू सेनानिबृत्त अधिकारी हराएको जानकारी आउने बित्तिकै नेपाल सरकारलाई खोजी गर्न आग्रह गरेको छ । नेपाल सरकारले पनि खोजी अघि बढाएको छ । परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई काठमाडौंस्थित पाकिस्तानी दूतावासका अधिकारीले आफ्ना नागरिकको खोजीका लागि लिखित र मौखिक आग्रह गरेपछि मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

पाकिस्तानी सरकारको दाबी अनुसार अपहरित कर्णेल हबीबलाई भारतीय खुफिया एजेन्सीले योजनाबद्ध रुपमा हुँदै नभएको अपराधमा फसाउन खोजेको देखिन्छ । नेपाल सरकारको सहयोगमा आफ्ना नागरिकलाई सकुशल पत्ता लगाई उद्धार गर्ने पनि पाकिस्तानी सरकारले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...