काभ्रे । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मण्डनदेउपुरको दोश्रो सम्मेलनबाट ईश्वरी घिसिङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । ६९ सदस्यीय कमिटीमा उपाध्यक्ष हरिमायाँ भट्टराई तिमल्सिना, तारा न्यौपाने र मञ्जु पाठक, सचिवमा कुलदिपा सापकोटा, उपसचिवहरू नानू नेपाल र अप्सरा दुलाल तथा कोषाध्यक्ष सरिता ढकाल निर्वाचित भएको नेकपा एमाले मण्डनदेउपुर नगर अध्यक्ष शेरबहादुर डोटेलले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले मण्डनदेउपुरको विकास र समृद्धिकालागि आफु लागि परेको बताउनु भयो । १ अर्ब १६ कारोडको बृहत खानेपानी परियोजना, सडक कालोपत्रे, बाटो स्तरोन्नती, पुल निर्माण, सिंचाई, आयआर्जनका योजना अघि वढिरहेको बताउनु भयो । विद्यालयको भौतिक पूर्वाधार, आईटी ल्याब तथा अस्पताल निर्माण समेत गरिएको पूर्वमन्त्री बाँस्कोटाले बताउनु भयो । सुनकोशी थुन्ने आफ्नो ठुलो सपना पुरा हुन लागेको बताउदै सुनकोशी परियोजना निर्माण सम्पन्न पश्चात चण्डेनी, ज्याम्दीलगायतका क्षेत्रमा पर्यटनबाट मनग्ये लाभ लिन सक्ने बताउनु भयो ।
नानु नेपालले स्वागत मन्तब्य राखेको अनेमसंघ मण्डनदेउपुरको भेलामा एमाले बागमती प्रदेश सदस्य रुद्रबहादुर तामाङ, काभ्रे जिल्ला उपसचिव रिता ढकाल, काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य एवं मण्डनदेउपुर इन्चार्ज विदुरप्रसाद सापकोटा, अनेमसंघ काभ्रे अध्यक्ष कमला काफ्ले, मण्डनदेउपुर अध्यक्ष शेरबहादुर डोटेलले शुभकामना दिनुभएको थियो ।
अनेमसंघ मण्डनदेउपुरका १२ वटै वडा भेला सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिएको एमाले मण्डनदेउपर उपसचिव सुमन नेपालले जानकारी दिदै नेपाल उत्पीडित जातीय मुक्ती समाजको समेत १२ वटै वडा तथा नगर भेला सम्पन्न गरिसकेको बताउनु भयो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






