सेयर बजार वढ्यो

काठमाडौं ।  नेप्से सूचक बुधबार १.८६ विन्दुले बढेर २६८५.७३ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा समूहको सूचक सकारात्मक बनेका छन् ।
समग्रमा सेयर बजार साइडवेज प्रवृत्तिमा देखिएको छ । नेप्से साइवेजमा रहे पनि सेयरहरु भने धमाधम एकुमुलेसन भइरहेको देखिन्छ । २६ सयको तहमा आएपछि भने नेप्से सूचकमा खासै ठूलो उतारचढाव देखिएको छैन । सूचक सामान्य तलमाथि भइरहँदा कारोबार रकम भने क्रमशः माथितिर लाग्ने प्रयास गरिरहेको छ ।
यतिबेला सेयर बजारको गति र प्रवृत्तिका बारेमा लगानीकर्ताहरुबीच विभिन्न अड्कलबाजी र बहसहरु भइरहेका छन् । यद्यपि, केही गिरावट र साइडवेजका बाबजुत पनि अन्ततः बजार माथितिरै जान्छ भन्नेमा धेरैको एकमत रहेको देखिन्छ । साढे ३ वर्षभन्दा लामो अवधि वियरिस ट्रेन्डमा बिताएका कारण पनि अब बजारले उकालो यात्रा सुरु गर्नुपर्ने धेरैको बुझाई रहेको छ ।
यस्तै, कम्पनीकोहरुको मूल्य सस्तो भएको छ । यसपटक धेरैले नगद लाभांश दिएकाले ठूला कम्पनीहरुको आपूर्ति खासै बढेको छैन । तर नयाँ ब्रोकरहरु थपिएकाले उनीहरुले विस्तारै नयाँ ग्राहक पनि थप्ने कोशिस गरिहेकाले माग पक्ष क्रमशः सबल हुँदै जाने संकेतहरु देखिएका छन् । यसले दीर्घकालमा सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्ने दखिन्छ ।
सेयर बजारका लागि सबैभन्दा महत्वपूर्ण मानिने बैंक ब्याजदर तल्लो विन्दुमा आएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । यसले पनि बजार माथि जानलाई सहयोग गरिरहेको छ । यस्तै, फागुनका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रायः सबैले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अब केही समय ब्याजदर स्थिर बस्ने सक्ने संकेत पनि मिलेको छ ।
ब्याजदर स्थिर रहँदा पनि अझै कतिपय बैंकहरुको बेस रेट घट्ने अवस्था छ । यसले  गर्दा ब्याजदर थप सस्तो हुन सक्ने देखिन्छ । यी कारणहरुले पनि ढिलोचाँडो सेयर बजारलाई फाइदा नै पुग्ने अवस्था छ ।
यसैगरी, यतिबेला आम लगानीकर्ता मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षको प्रतीक्षामा रहेको देखिन्छ । समीक्षामार्फत बजार अघि बढाउनका लागि थप नीतिगत सहुलियत प्राप्त हुने आशामा लगानीकर्ता बसिरहेका छन् । त्यसो त यसअघि नै कसिएका धेरै नीति नियमहरु खुकुलो भइसकेका पनि छन् ।
तर अझै पनि सेयर धितो कर्जाको जोखिमभार बढी छ । यस्तै, व्यक्तिगत लगानीकर्तालाई सेयर धितो कर्जामा १५ करोडको सीमा यथावत् छ । यी कुराहरुमा पनि थप सहजता लगानीकर्ताले खोजिरहेको देखन्छि ।
यसैगरी, बैंक–वित्तीय संस्थाले सेयर बजारमा अल्पकालीन लगानी गर्न पाउनुपर्ने माग गरिरहेका छन् । अहिले १ वर्षभन्दा कम अवधिका लागि सेयर कारोबार गर्न नपाउने व्यवस्था छ । बैंकमा अधिक तरलता रहेको र कर्जा प्रवाह सुस्त भएकाले उनीहरुले अल्पकालीन कारोबार खुला हुनुपर्ने माग गरेका हुन् ।
यी मागहरु पूरा भएमा बजारले नयाँ उचाई लिन सक्ने धेरैको विश्वास रहेको छ । यद्यपि, हाल विद्यमान नीति–नियमहरुले पनि बजारमा खासै ठूलो समस्या खडा गरेको भने देखिंदैन । कर्जाको ब्याजदर निकै तल्लो विन्दुमा आइसकेको छ । बैंकमा अधिक तरलता छ । यी कुराहरुले नै सेयर बजार माथि लैजान सहयोग गर्ने देखिन्छ ।
सर्वसाधारण लगानीकर्ताले भने कम्पनीका मुख्य वित्तीय सूचकहरु अध्ययन गरी लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमै लगानी गर्दा लाभ लिन सक्ने सम्भावना बढी रहन्छ ।
यस दिन ३०७ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३९ करोड ६० लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र रिभर फल्स पावर परेका छन् ।

 

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...