भेनेजुएलामा गयो शक्तिशाली भूकम्प, विभिन्न भागमा व्यापक क्षति

भेनेजुएलामा शक्तिशाली भूकम्प, राजधानी कराकसमा भवनहरू भत्किए, विमानस्थलको छत खस्यो

काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् ।

अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् ।भूकम्पपछि राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले धेरै राज्यहरू प्रभावित भएको जानकारी दिए ।

उनले क्षतिग्रस्त घर तथा भवनहरूको यकिन विवरण, घाइते वा मृत्युको आधिकारिक सङ्ख्या भने सार्वजनिक गरेका छैनन् ।सरकारले नागरिकहरूलाई शान्त रहन, एकताबद्ध हुन तथा सरकारी निकायहरूसँग समन्वय गर्न आग्रह गरेको छ ।रोड्रिग्जका अनुसार देशको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ ।

क्षतिको गम्भीरताका कारण विमानस्थल बन्द गरिएको छ भने विद्यालयका कक्षाहरू केही दिनका लागि स्थगित गरिएका छन् ।शिक्षा मन्त्रालयले केही विद्यालयलाई अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ ।

स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपस्थित भएर घाइतेहरूको उपचारमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पतालमा भर्ना भएका छन् भने भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेका थिए ।

अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७।१ मापन गरे पनि पछि ७।२ मा संशोधन गरेको थियो ।यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो ।

२२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७।५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो ।दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा महसुस गरिएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये यी दुईलाई मानिएको छ ।स्थानीय समयअनुसार साँझ ६ बजेपछि आएका ती भूकम्पका कारण राजधानी काराकासका मानिसहरू घर, कार्यालय र व्यापारिक भवनबाट बाहिर निस्किएका थिए ।

कतिपय क्षेत्रमा पर्खालहरू भत्किएका, सडकमा सामान छरिएका र धुलोका मुस्लाहरू उडेको देखिएको थियो ।सूर्यास्तपछि पनि हजारौँ मानिसहरू सडक, खुला स्थान तथा पार्कमा बसेका थिए ।

धेरैले आफ्ना घरपालुवा जनावरलाई साथमा लिएर खुला स्थानमा रात बिताएका थिए ।कतिपय सडकहरूमा ढलेका संरचना, बिजुलीका खम्बा र भग्नावशेषले आवागमन अवरुद्ध बनाएको थियो ।

राजधानीका केही क्षेत्रमा विद्युत् सेवा तथा मोबाइल सञ्जालसमेत अवरुद्ध भएको छ ।काराकास निवासी हेक्टर रिक्कीले सुरुमा हल्का कम्पन महसुस भए पनि केही क्षणमै भूकम्प अत्यन्त शक्तिशाली बनेको बताए ।

उनका अनुसार सबै मानिस घरबाट बाहिर निस्केर खुला स्थानमा भेला हुन बाध्य भएका थिए ।सरकारले राजधानीमा मेट्रो सेवा तथा प्राकृतिक ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ ।

नागरिकहरूलाई सरकारी मोबाइल एपमार्फत आफ्नो क्षेत्रको क्षति विवरण उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।मोबाइल सञ्जाल अवरुद्ध हुँदा देशबाहिर रहेका लाखौँ भेनेजुएलीहरूमा आफ्ना परिवारसँग सम्पर्क गर्न नसक्दा चिन्ता बढेको छ ।

विदेशमा निर्वासनमा रहेकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले सामाजिक सञ्जालमार्फत देशवासीलाई धैर्य र एकताको सन्देश दिएका छन् ।गृहमन्त्री डिओसडाडो क्याबेलोले भूकम्प धेरै राज्यहरूमा महसुस गरिएको बताउँदै केही स्थानमा भवन र घरहरूमा गम्भीर क्षति पुगेको जानकारी दिए ।

उनले आपत्कालीन सवारीसाधनलाई प्राथमिकता दिन तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न आग्रह गरे ।सम्भावित परकम्पका कारण नागरिकहरूलाई खुला स्थानमा बस्न पनि सुझाव दिइएको छ ।

काराकास निवासी रोबर्टो गामासले भवन एक छेउबाट अर्को छेउसम्म अत्यन्त तीव्र रूपमा हल्लिएको बताए ।उनका अनुसार भूकम्पको शक्तिशाली धक्काले घरभित्रका सामानहरू खसेका थिए र मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निस्कन निकै कठिन भएको थियो ।

भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट पनि सहानुभूति र सहयोगका प्रस्ताव आएका छन् ।संयुक्त राज्य अमेरिका, चिली, एल साल्भाडोर तथा इक्वेडरले आवश्यक मानवीय सहायता उपलब्ध गराउन तत्पर रहेको जनाएका छन् ।

अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लान्डाउले भेनेजुएली जनतासँग अमेरिका एकताबद्ध रहेको बताएका छन् ।एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले पनि सामाजिक सञ्जालमार्फत सहानुभूति व्यक्त गर्दै सहयोगको प्रस्ताव गरेका छन् ।

इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले तत्काल मानवीय सहायता पठाउन निर्देशन दिएको जानकारी दिएका छन् ।भूकम्पको प्रभाव छिमेकी देशहरूमा समेत महसुस गरिएको छ ।

ब्राजिलको अमेजन क्षेत्रका मनाउस, बेलेम र मकापा सहरमा भवनहरू खाली गराइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।कोलम्बियाको क्यारिबियन तथा उत्तरपूर्वी क्षेत्रमा पनि कम्पन महसुस गरिएको भए पनि त्यहाँ क्षति वा मानवीय हानि भएको विवरण प्राप्त भएको छैन ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि केही समयका लागि सुनामीसम्बन्धी चेतावनी जारी गरे पनि पछि ती चेतावनीहरू फिर्ता लिइएको जनाएको छ ।भेनेजुएलामा यस्ता शक्तिशाली भूकम्प कमै आउने भए पनि देश दक्षिण अमेरिकी र क्यारिबियन टेक्टोनिक प्लेटको सीमाक्षेत्र नजिक अवस्थित छ ।

यद्यपि मेक्सिको र चिलीजस्ता प्रशान्त तटीय राष्ट्रहरूको तुलनामा यहाँ ठूलो भूकम्प कम हुने गर्छ ।वैज्ञानिकहरूका अनुसार विश्वका करिब ९० प्रतिशत भूकम्प हुने ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने देशहरूमा यस्ता घटनाहरू बढी दोहोरिने गरेका छन् ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...