
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघका सचिव गौतम खड्काले महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमा सचिव खड्काले राष्ट्रको आर्थिक समृद्धि, उत्पादनमूलक अर्थतन्त्रको निर्माण तथा साना, घरेलु, लघु एवं मझौला उद्योग–व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण गर्ने दृढ संकल्पका साथ स्थापित महासंघले पाँच वर्षको यात्रामा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्नुभएको छ।
उहाँले आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासमार्फत मात्र नेपालको समृद्ध भविष्य सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। यस्ता लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ।
सचिव खड्काले वर्तमान अवस्थामा निजी क्षेत्र लगानीको वातावरण, वित्तीय पहुँच, बजार विस्तार, उत्पादन लागत, कर प्रशासन, नीतिगत स्थायित्व तथा व्यवसायमैत्री वातावरण निर्माणजस्ता विविध चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि महासंघले निरन्तर रचनात्मक सुझाव, नीतिगत पहल तथा व्यवसायीहरूको सामूहिक आवाजलाई सशक्त रूपमा उठाउँदै आएको बताउनुभएको छ। आगामी दिनमा पनि यस भूमिकालाई अझ प्रभावकारी बनाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
महासंघले भविष्यमा व्यवसायीमैत्री नीति निर्माण, सहज वित्तीय पहुँचको सुनिश्चितता, औद्योगिकीकरणको प्रवर्द्धन, नवप्रवर्तन, डिजिटल व्यापार, सीप विकास तथा युवा उद्यमशीलताको विस्तारमा अझ सक्रिय भूमिका निर्वाह गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।
स्थापना दिवसले सम्पूर्ण उद्योगी–व्यवसायीलाई अझ संगठित, जिम्मेवार र परिणाममुखी भएर राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण तथा व्यवसायीहरूको अधिकार र हितको संरक्षणमा समर्पित रहने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सचिव खड्काले महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नेपालीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






