
काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक ऐन, २०८३ मार्फत लागू गरेको नयाँ व्यवस्थाअनुसार यो शुल्क प्रत्यक्ष रूपमा बिरामीबाट असुल गरिनेछ।
आर्थिक ऐनको दफा १७ तथा अनुसूची–८ अनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क थप गर्नुपर्नेछ। सरकारले उक्त रकम गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार र स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने जनाएको छ।
यसअनुसार यदि कुनै बिरामीको उपचार खर्च १० हजार रुपैयाँ भए अब थप ३०० रुपैयाँ स्वास्थ्य समता शुल्क तिर्नुपर्नेछ। निजी अस्पतालहरूले साउन १ देखि नयाँ बिलिङ प्रणालीमार्फत यो शुल्क अनिवार्य रूपमा उठाउने तयारी गरिसकेका छन्।
निजी अस्पतालहरूको छाता संगठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष डा. पदम खड्काले अस्पतालले आफ्ना लागि होइन, सरकारका लागि शुल्क उठाउने मात्र भूमिका निर्वाह गर्ने बताए।
उनले भने, “हामीले बिरामीबाट ३ प्रतिशत शुल्क उठाएर सरकारलाई बुझाउने हो। नउठाए सरकारले हामीसँगै माग्छ। त्यसैले यसको प्रत्यक्ष भार बिरामीमै पर्नेछ।”
नयाँ व्यवस्थाअनुसार निजी स्वास्थ्य संस्थाले सङ्कलन गरेको शुल्क प्रत्येक चौमासिक सकिएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्नेछ। शुल्क नतिरे वार्षिक १५ प्रतिशत ब्याज, विवरण ढिलो बुझाए प्रतिविवरण एक हजार रुपैयाँ जरिबाना र शुल्क छली गरे थप २५ प्रतिशतसम्म जरिबाना लाग्ने कानुनी व्यवस्था गरिएको छ।
सरकारले शुल्क निर्धारणप्रति असन्तुष्टि भए पुनरवलोकन र राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्ने व्यवस्था पनि राखेको छ।
यता उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारी अस्पतालले पर्याप्त गुणस्तरीय सेवा दिन नसकिरहेको अवस्थामा निजी अस्पतालमा उपचार गराउने बिरामीमाथि थप कर लगाउनु अव्यावहारिक भएको टिप्पणी गरेका छन्। उनका अनुसार स्वास्थ्य संविधानले सुनिश्चित गरेको आधारभूत अधिकार भएकाले यसलाई थप महँगो बनाउने नीति पुनर्विचार गर्नुपर्ने आवश्यकता छ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। यही कारण स्वास्थ्य क्षेत्रमा नयाँ शुल्क लागू गर्ने निर्णयप्रति सरोकारवालाले प्रश्न उठाउन थालेका छन्।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






