काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुइटेलले साउने सङ्क्रान्तिदेखि लागू भएका विभिन्न करका व्यवस्थाले आम नागरिक, विशेषगरी गरिब तथा मध्यमवर्गीय जनतालाई थप आर्थिक भार पर्ने बताएका छन्।
बुधबार एक धारणा सार्वजनिक गर्दै अध्यक्ष लुइटेलले शिक्षा, स्वास्थ्य, विद्युत, साझा सवारी सेवा (शेयर्ड राइडिङ) तथा शेयर कारोबारमा थप कर लगाइएकाले जनजीवन अझ कठिन बन्ने दाबी गरे। उनले सरकारले राजस्व वृद्धि गर्ने नाममा जनतामाथि करको बोझ थपेको आरोप लगाए।
लुइटेलका अनुसार साउन १ गतेदेखि ३ प्रतिशत शैक्षिक कर, ३ प्रतिशत स्वास्थ्य कर, विद्युत सेवामा ३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), औद्योगिक विद्युतमा १३ प्रतिशत भ्याट, शेयर्ड राइडिङ सेवामा ५ प्रतिशत कर तथा शेयर खरिद–बिक्रीमा १० प्रतिशत पुँजी अभिवृद्धि कर लागू गरिएका छन्। यी व्यवस्थाले शिक्षा, स्वास्थ्य, ऊर्जा, यातायात र पुँजी बजारसम्म प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ।
उनले सरकारले आर्थिक मन्दी, बढ्दो महँगी र घट्दो क्रयशक्तिका बीच करको दायरा विस्तार गर्नु उपयुक्त नभएको उल्लेख गर्दै यस्तो नीतिले लगानी, उत्पादन र रोजगारीमा समेत नकारात्मक असर पर्ने बताए।
अध्यक्ष लुइटेलले सरकारलाई कर नीतिको पुनरावलोकन गर्न आग्रह गर्दै जनताको आयस्तर र वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर कर प्रणालीलाई न्यायोचित, व्यावहारिक र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, करबाट प्राप्त राजस्व पारदर्शी रूपमा जनकल्याण र विकास निर्माणमा खर्च हुनुपर्नेमा पनि उनले जोड दिएका छन्।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...







