
काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच व्यावसायिक एकता, संस्थागत सुदृढीकरण र व्यवसायीका साझा मुद्दा समाधानप्रति नयाँ अपेक्षा जागेको छ।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ईश्वर लामाले ७७ मत प्राप्त गर्दै स्पष्ट बहुमतका साथ विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी प्रल्हाद तिमिल्सिनाले ४२ मत प्राप्त गरे। निर्वाचन परिणामले व्यवसायीहरूको विश्वास लामाको नेतृत्वतर्फ केन्द्रित भएको संकेत गरेको छ।
अन्य पदहरूको नतिजा पनि उल्लेखनीय रह्यो। विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ ७३ मतसहित निर्वाचित भए। वरिष्ठ उपाध्यक्ष पदमा विष्णुकुमार खड्काले ८३ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका प्रतिस्पर्धी लिलेश्वर प्रसाद प्रधानले ४५ र भरत सापकोटाले ३२ मत पाए।

प्रथम उपाध्यक्षमा केशव कासुला तथा द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्विरोध निर्वाचित भएका छन्। सचिवमा रामप्रसाद तिमिल्सिना ६९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी राजकुमार साहले ४६ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा यसु प्रधान ६५ मतसहित निर्वाचित हुँदा जनार्दन फुयाल ५१ मतमा सीमित भए। सहसचिवमा पुरुषोत्तम रेग्मी ७३ मतसहित विजयी भए भने सहकोषाध्यक्षमा निकेश घिमिरे ४३ मत प्राप्त गर्दै निर्वाचित भए। उक्त पदमा शंकर अधिकारीले ३५ मत प्राप्त गरेका थिए। यसैगरी प्रकाशराज खड्का पनि ७६ मतसहित निर्वाचित भएका छन्।
कार्यकारी सदस्यतर्फ महेन्द्र घिमिरे, नवराज लामिछाने, सुगत मानन्धर, शंकर न्यौपाने, विशाल बखती, सुरेश दुवाल श्रेष्ठ र संजयकुमार श्रीवास्तव निर्वाचित भएका छन्। प्रतिस्पर्धामा रहेका सुनिल अवाले, ध्रुव भण्डारी, लिला सिंह ठकुरी र सन्तोष खुलाल भने विजयी हुन सकेनन्।
निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठ, शेखरबाबु कार्की तथा प्रमुख निर्वाचन अधिकृत सुवर्ण थापाले मतगणना सम्पन्न भएपछि अन्तिम नतिजा सार्वजनिक गरेका हुन्। निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।
नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशका पेट्रोलियम व्यवसायीका हकहित संरक्षण, व्यवसायिक एकता मजबुत बनाउने, इन्धन आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वय गर्ने तथा व्यवसायसँग सम्बन्धित नीतिगत विषयमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ। संस्थागत सुधार, सदस्यका साझा समस्याको समाधान र व्यवसायमैत्री वातावरण निर्माणलाई आगामी कार्यकालको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने अपेक्षा गरिएको छ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






