मुकुन्द गैरे
तराई लगायत देशका बिभिन्न ठाँउमा बाढी र पहिरोको बिपदमा परेकालाई स्वास्थ्य उपचारको लागी स्वास्थ्य मन्त्रालय खट्ने भएको छ । गृहमन्त्रालयको वैठकको निर्देशन पछी बसेको स्वास्थ्य मन्त्रालयको वैठकले यस्तो निर्णय गरेको हो । बैठक विपद्को समस्यालाई परेको क्षति र त्यस बाट पर्न सक्ने स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सवै स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मी कर्मचारीलाई कार्यक्षेत्रमा खटाउने निर्णय गरको छ । साथै विदा वसेका कमचारीहरुलाई विदा छोट्टाई कार्य क्षेत्रमा फर्किन समेत मन्त्रालयले निर्देशन दिएको छ । विपदको व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक को संयोजकत्वमा विपद व्यवस्था कमिटि वनाई कार्यान्वयन गर्ने समेत भएको छ । कमिटिले हाल लाई ४ बटा टोली वनाई प्रभावित क्षेत्रका समन्वयको लागी विराटनगर, जनकपुर, रौतहट र नेपालगंज पठाउने भएको छ । दैनिक विहान ३ बजे र साँझ ५ बजे स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र मा भए गरेका कार्य हरू र जिल्लाका अवस्थाको वारेमा जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विपदबाट पर्न गएको क्षतिको तत्काल मूल्याङ्कनको प्रतिवेन अनुरूप कार्ययोजना बनाइ विपद व्यवस्था कमिटि लाई कार्य योजना दिन प्राविधिक सल्लाहाकार समिती ले प्राविधक सहजिकरण गर्ने भएको छ ।
विपदलाई नियमित सम्पर्कमा रहनको लागी यस स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा उपसचिव २४ सै धन्टा सम्पर्कमा रहन सत्य आचार्य, भिम सापकोटा, लक्ष्मी मरासिनि, संन्जिव गौतम र उपेन्द्र के.सि लाई खटाउने भएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरू बाट स्कुलहरू र अन्य क्षेत्रमा क्याम्प गरी वसेका जनताको स्वास्थ्य अवस्था र निजहरू लाई रोग लाग्न नसक्ने गरि स्वास्थ्य सुरक्षा विधिको नियमित अनुगमन गर्ने र सो को जानकारी र अवस्थको प्रतिवेदन क्षेत्र र स्वास्वास्थ्य सेवा विभागको विपद व्यवस्थापन केन्द्रमा दैनिक रूपमा गराउने मन्त्रालयले निर्णय गरेको छ । रोगको रोकथाम र स्वास्थ्य सुदृढिकरण सम्वन्धमा सूचना प्रवाह गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संचार केन्द्र ले गर्ने भएको छ । प्रभावित जिल्लाका सबै अस्पतालहरूमा ७ दिनको लागी प्रभावितहरूको लागी निशुल्क स्वास्थ्य सेवा दिन व्यवस्था गर्न जिल्लाहरू लाई निर्देशन दिने र बाढी पश्चात देखिने रोगहरू जस्तै झाडा पखाला, हैजा आउ, हेपाटाइटिस, टाईफाइड र सर्पडसने जस्ता समस्याहरू देखापर्न सक्ने हुदा आवश्यक, औषधि र स्वास्थ्य कर्मी तयारी अवस्थामा राख्ने, विपपदमा खटिने स्वास्थ्य कर्मी हरूकोलागी रेस्क्य’ ज्याकेटको व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयको बैठकले निर्णय गरेको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...







