आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने छन् । यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ ।...
...विस्तृतमा पढ्नुहोस्कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनमा कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन
काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ। यसअघि एशोसिएशनका अध्यक्ष रमेशकुमार बरालको सभापतित्व तथा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रमको...
...विस्तृतमा पढ्नुहोस्बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित
काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच व्यावसायिक एकता, संस्थागत सुदृढीकरण र व्यवसायीका साझा मुद्दा समाधानप्रति नयाँ अपेक्षा जागेको छ। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ईश्वर लामाले ७७ मत प्राप्त गर्दै स्पष्ट बहुमतका साथ विजय हासिल गरे। उनका...
...विस्तृतमा पढ्नुहोस्सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव आमरण अनशनमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौंमा आमरण अनशनमा बसेका छन्। यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनशन सुरु गरेको राष्ट्रिय एकता दलले जनाएको छ। काठमाडौंमा आयोजित अनशन कार्यक्रममा दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। अनशनस्थलमा सुनसरी घटनामा ज्यान गुमाएका युवाहरूको तस्बिर राखिएको थियो भने...
...विस्तृतमा पढ्नुहोस्अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैनः प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको कार्यशैलीलाई लिएर कडा प्रहार गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सत्तासीन नेतृत्वकै असक्षमताका कारण देश गम्भीर संकट र बेथितितर्फ धकेलिएको आरोप लगाए । जनताले निर्वाचनमार्फत दिएको जनादेश र अपेक्षामाथि सरकारले चरम कुठाराघात गरेको टिप्पणी गर्दै प्रचण्डले वर्तमान सरकार जनचाहना पूरा गर्न पूर्ण रूपमा असफल भइसकेको दाबी गरे...
...विस्तृतमा पढ्नुहोस्सुनसरी घटनामा सद्भाव कायम राख्न सांसदहरूको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले सुनसरी घटनालाई सहज रुपमा समाधान गरी समाजमा सद्भाव कायम राख्नका लागि सम्बद्ध सबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनीहरुले सामाजिक सद्भाव र शान्ति–सुव्यवस्था कायम गर्नका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै त्यसमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गरे । यसैगरी, उनीहरूले मुलुकभर वर्षासहित आएको बाढी, पहिरो...
...विस्तृतमा पढ्नुहोस्सुनसरी घटनाको शान्तिपूर्ण समाधान गरी सामाजिक सद्भाव कायम गर्न सबै पक्षको भूमिका आवश्यक : तारा नाथ लुइटेल
काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारा नाथ लुइटेलले सुनसरीमा भएको घटनालाई संवाद, संयम र आपसी सहकार्यका माध्यमबाट सहज रूपमा समाधान गर्दै समाजमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै कुनै पनि विवाद वा तनावलाई उग्र बनाउनेभन्दा वार्ता, समझदारी र कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने धारणा राखे। उनका अनुसार सामाजिक सद्भाव, धार्मिक सहिष्णुता...
...विस्तृतमा पढ्नुहोस्नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न
काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न साधारणसभा संस्थाका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सञ्चालन कम्पनी सचिव राजेश श्रेष्ठले गरेका थिए भने सञ्चालक सन्जु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगतिमा शेयरधनी,...
...विस्तृतमा पढ्नुहोस्मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन खुला
काठमाडौं । विवाहित नेपाली महिलाको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यसहित मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालि ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ संस्करण सार्वजनिक गरेको हो। संस्थाका अध्यक्ष निशुकान्त झाले प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित महिलाले खल्ती एप वा रिबन इन्टरटेन्मेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्ने जानकारी दिए। उनका अनुसार प्रतियोगिताको...
...विस्तृतमा पढ्नुहोस्कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भू-भागका...
...विस्तृतमा पढ्नुहोस्





