स्वास्थ्य
पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला
चितवन २१, साउन । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका छन । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा...
...विस्तृतमा पढ्नुहोस्यस वर्षको विश्व योग दिवस ‘मुटुका विषयमा केन्द्रित
विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा...
...विस्तृतमा पढ्नुहोस्बिरामीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त,सयौ प्रहरी परिचालन
काठमाण्डौ जेठ ३०, । उपचारको क्रममा बिरामीको मृत्युपछि चावहिलमा रहेको ओम अस्पताल अहिले तनावग्रस्त भएको छ । बिरामीको मृत्यु चिकित्सकको लापर्वाहीले भएको भन्दै आफन्तहरु नाराबाजी सहित अस्पताल घेरेको छन् । अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । गएको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० वर्षीया रामप्यारी थापा मगरको बिहीबार बिहान मृत्यु भएको हो । डाक्टर रविन कोइरालाले थापाको शल्यक्रिया गरेको बताईएको छ । शल्यक्रियाका...
...विस्तृतमा पढ्नुहोस्पशु कल्याण सम्बन्धी नियम कानुन प्रभावकारी भएन — अधिकारकर्मी
काठमाडौ, जेठ २९ । पशु अधिकारकर्मीहरुले पशु कल्याण सम्बन्धमा बनेका ऐन तथा नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् । राजधानीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले पशुकल्याण सम्बन्धी प्रभावकारी कानून नै बन्न नसकेको तथा भएका कानूनको पनि कार्यान्वयन हुन नसकेको बताएका हुन् । नेपालमा पशुकल्याणको क्षेत्रमा लामो समय देखी काम गर्दै आएको संस्था नेपाल पशुकल्याण संघ तथा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले पशु ढुवानी सम्बन्धी मापदण्ड २०६४...
...विस्तृतमा पढ्नुहोस्देशका बिभिन्न क्षेत्रमा हावा हुरी र चट्याङको खतरा
बैशाख २०, २०७६ काठमाण्डौ । काठमाडौं लगायत देशका बिभिन्न ठाउ“मा हावाहुरी चलिरहेको छ । केही दिन देखी दिनै पिच्छे मौसममा खरावी देखिएको छ । यस्तै काठमाण्डौ सहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने सक्ने खतरा रहेको मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविद् सुवास रिमालले भनाई छ । यसकै प्रभावले अहिले भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको उहाँको भनाइ छ । उहाँका...
...विस्तृतमा पढ्नुहोस्चिकित्सकको आन्दोलन कारण बिरामी मर्कामा
काठमाडौं । सरकारी चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेर आन्दोलन गरेपछि देशभरका बिरामी अप्ठ्यारोमा परेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै डाक्टरहरु ६ दिनदेखि आन्दोलनमा छन् । समस्या समाधानको लागि खास पहल भने हुन सकेको छैन । आफूहरु जुनसुकै बेला पनि वार्ताका लागि तयार रहेको सरकारी चिकित्सक संघले बताइरहदा रहकारले भने वार्ता हुन नसक्ने भनेको छ । हिजो सरकारले डाक्टरहरु काममा नफर्किए कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।...
...विस्तृतमा पढ्नुहोस्घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न प्रचण्डको आग्रह
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सा“झ आएको हावाहुरीबाट भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । ‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको...
...विस्तृतमा पढ्नुहोस्कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न विभागको पत्राचार
काठमाण्डौ – लामो समय देखि रोजगारीको लागी बन्द भएको मलेशिया अन्तत ढिलै भए पनि खुल्ने भएको छ । मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलि सोमबारदेखि श्रम स्वीकृति पाउने बताईएको छ । मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्राचार गरेको वैदेशिक रोजगार बिभागले जानकारी दिएको छ । मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि १० महिनादेखि...
...विस्तृतमा पढ्नुहोस्केन्पो खुकुरी मार्शल आर्ट संघको राष्ट्रिय भेला तथा बनभोज कार्यक्रम सम्पन्न
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघले राष्ट्रिय भेला तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । संघिय राजधानी काठमाडौको चोभारमा ३ नं प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा देशै भरिका केन्पो खुकुरीका केन्द्रीय, प्रदेश तथा जिल्लाका प्रतिनिधि, खेलाडी एवं शुभच्छुकको सहभागिता रहेको नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका राष्ट्रिय अध्यक्ष पुर्णप्रसाद पाण्डेले बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि ३ नं प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले...
...विस्तृतमा पढ्नुहोस्ऊर्जा, मन्त्री पुनको स्वास्थ्यमा सुधार
काठमाडौं । अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्य अवस्था सुधार भएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको उनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिए । आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुँगो लाग्ने उनले बताए । ...
...विस्तृतमा पढ्नुहोस्





