सरकारी र सरकारको स्वामित्वममा जागिर खाएका चुनाव लड्न नपाउने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ । स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरी सो व्यवस्था गरेको हो । निर्देशिकाको दफा ६ को उपदफा ६ मा सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा...

...विस्तृतमा पढ्नुहोस्

पुटिनले ट्रम्पलाई दिए मस्को भ्रमण गर्न निम्तो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए । दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरे । ट्रम्पले द्रुत युद्धविराम र समस्याको शान्तिपूर्ण समाधानलाई अँगालेकोमा जोड दिँदै पुटिनले युक्रेन द्वन्द्वको मूल कारणहरू हटाउने आवश्यकतालाई जोड...

...विस्तृतमा पढ्नुहोस्

ब्राण्ड एम्बासडर गुल्सनले भने, मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्ने छ !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन् । । एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्राण्ड एम्बास्डर भए पछि क्रिकेटर झाले यस्तो बताएका हुन् । राजधानीमा एक कार्यक्रम गर्दै एभीन्यू एजुकेशन...

...विस्तृतमा पढ्नुहोस्

सुनचाँदीको मूल्य वृद्धि

फागुन २ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस...

...विस्तृतमा पढ्नुहोस्

रोहिणी गाउँपालिकाका अध्यक्ष यादवको गाडीमा तोडफोड

रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । रोहिणी-३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो । ...

...विस्तृतमा पढ्नुहोस्

इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा

काठमाडौँ  । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष गरिरहेका छन । विशेषगरी विद्युतीय गाडी निर्माता ‘टेस्ला’ को सेयर मूल्यमा देखिएको निरन्तर गिरावट र सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ को पनि ह्वात्तै घटेको बजार मूल्यांकनले इलन मस्कको ‘दक्षता’ माथि प्रश्न उठेको छ । हरेक...

...विस्तृतमा पढ्नुहोस्

रासायनिक मल वितरण सहज र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटो छरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली...

...विस्तृतमा पढ्नुहोस्

सेयर बजारमा पहिरो

काठमाडौं । सेयर बजारमा आज पहिरो गएको छ । आज नेप्से ७.२६ अंकले घटेर २६७८.४७ मा बन्द भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । आज कारोबार रकम सात अर्व ९२ करोडको मात्र भएको छ । चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुमारी सबल योजनाको इकाई, मातृभूमि लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा...

...विस्तृतमा पढ्नुहोस्

आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि...

...विस्तृतमा पढ्नुहोस्

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।...

...विस्तृतमा पढ्नुहोस्