मिर्गौला रोगमा औषधिका साथै खानाको व्यवस्थापन पनि उत्तिकै जरुरत छ । यो रोगमा पनि खानाको व्यवस्थापन गर्दा व्यक्तिगत अवस्था, उचाई, तौल, लिंग, दैनिक काम, रोगको अवस्था, खाने वानी आदिलाई ध्यान दिनुपर्छ । मिर्गौला रोगमा खानाको व्यवस्थापन गर्नुको उद्देश्य मिर्गौलाको नियमित काम सुचारु राख्न, पोषण स्थितिमा सन्तुलन कायम राखी कुपोषणबाट बँच्न तथा अन्य संक्रमणबाट बचाउन, शरीरका तन्तुहरू टुक्रिने प्रक्रियालाई नियन्त्रणमा राख्न, शरीरका लागि आवश्यक विभिन्न तत्वहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस आदिको सन्तुलन कायम राख्न र शरीरमा पानीको सन्तुलन राख्नु हो ।
खानामा ध्यान दिनुपर्ने कुराहरु
प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, दूध, दही, दाल, गेडागुडी आदिले मिर्गौलाको काम बढाउने हुनाले कार्य क्षमताका आधारमा सिफारिस गरे भन्दा बढी खानु हुँदैन । शरीरमा प्रोटिनको अधिकतम तथा राम्रो उपयोगका लागि सिफारिस गरिएको प्रोटिनमध्ये ५० देखि ६० प्रतिशत उच्चकोटीको प्रोटिन भएका खानेकुरा माछा, मासु, अण्डा, दूध, दही आदि निर्धारित मात्रामा प्रत्येक खानामा पर्ने गरेर समावेश गर्नुपर्दछ ।
शक्ति दिने खानेकुराहरू, विभिन्न प्रकारका अन्न, चिल्लो पदार्थ, गुलियो पदार्थ आदि कम भएमा कुपोषित हुने र शरीरका तन्तु टुक्रिने हुनाले यस्ता खानेकुरा आवश्यक मात्रामा समावेश गर्नुपर्छ ।
कम वा शून्य प्रोटिन भएको तर शक्तिबर्धक खानेकुरा चिनी, ग्लुकोज, मह, चिल्लो पदार्थ, साबुदाना, आरारुट पाउडर आदि शरीरको आवश्यकता तथा अवस्था अनुसार दैनिक भोजनमा पर्याप्त मात्रामा समावेश गर्नुपर्छ ।
रक्तचाप बढी हुने, शरीर सुन्निने आदि समस्या हुनेले नुन निर्धारित मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।
पिसाव कम भएमा वा शरीरमा सुजन छ भने पिसावको मात्राको आधारमा मात्र पानी पिउनु पर्छ ।
रगतमा पोटासियमको मात्रा बढी भएको अवस्थामा पोटासियम कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्दछ । रगतमा फोस्फोरस बढी भएमा फोस्फोरस कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्छ ।
एकै प्रकारका खानेकुरा खाँदा विरामीलाई खानाप्रति अरुची हुने हुनाले निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ ।
– निर्धारित चामल र पिठोको परिमाणबाट भात र रोटी मात्र नभई फ्राइ राइस, पुवा, खिर, पराठा, पुरी आदि बनाउन सकिन्छ ।
– सादा दूधको सट्टा सोही बराबरको दही, लस्सी र अन्य दूधका परिकार तयार गर्न सकिन्छ ।
– उसिनेको अण्डाको सट्टा अण्डाको बुर्जी, एग करी, एग फ्राइड राइस, एग सुप, अण्डा च्युरा आदि तयार गर्न सकिन्छ ।
– दूध,मासु र अण्डाको सट्टा सिफारिस गरिएको मात्रामा माछा, दाल, गेडागुडी आदि लिन सकिन्छ ।
– सावुदना, कस्टार्ड, कर्नफ्लोर, आदि शुन्य प्रोटिन भएका खानेकुराका विभिन्न परिकार बनाएर खानाको स्वाद परिवर्तन गर्न सकिन्छ ।
खान नहुने
– सिफारिस गरिएभन्दा बढी मात्रामा केही नखाने
– बदाम, काजु, ओखर, अंजिर, पेस्ता नखाने
– कोकाकोला, फेन्टा जस्ता पेय पदार्थ नखाने
– बढी मात्रामा मसला नखाने
– हर्लिक्स, भिभा, बोर्नभिटा, कम्पलान नखाने
– सिफारिस गरिएभन्दा बढी फलफूल पनि नखाने
– आलु चिप्स, नुनीलो बिस्कुट, पापड, दालमोठ
– पुरानो अचार जस्ता बढी नुन भएका अन्य खानेकुरा
– टीनमा बन्द गरिएका खानेकुरा
– अजिनो मोटो, खाने सोडा, बेकिङ्ग पाउडर हालिएका खानेकुरा
– सोयाबिन सस तथा तयारी सूपहरू
– चिया, ग्रिन टी आदि नपिउने ।
खानामा पोटासियम कम गर्ने तरिका
– बोक्रा तथा केलाउनुपर्ने सबै सागसब्जी केलाएर पखाल्ने ।
– सानो सानो टुक्रा पारेर काट्ने ।
– तरकारी मनतातो पानीमा २ घण्टा भिजाउने र भिजाएको पानी फाल्ने ।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले...
काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...
चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् । महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस...
विश्व मधुमेह दिवस आज नेपालमा पनि मनाइँदैछ ।मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त...
एमसिसीविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते भएका हेमराज अवस्थी मंगलबार डिस्चार्ज भएका छन्। घाइते भएको एघार दिनपछि उनी डिस्चार्ज भएका हुन्। घाइते भएका उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रघाती भएको बताउँदै एमसिसी अनुमोदन गर्न नहुने...
काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा...






