अहिलेको राजनीतिले जनतामा निराशा छाएको छ : डंगोल

गणेशमान सिंहको आदर्श, विपीको सिद्धान्तबाट प्रभावित भएर १४ वर्षको उमेरदेखि नेपाली राजनीतिमा पाइला सारेका व्यक्ति जसले नेपाल युवक माविमा सक्रिय ने.वि संघको सदस्य हुँदै क्षेत्रिय अध्यक्ष, ललित कला क्याम्पस स्ववियू सभापति हुँदै नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्य तथा छिटै हुन गई रहेको नेपाल सांस्कृतिक संघको अधिवेशनमा महामन्त्री पदका प्रत्याशी उम्मेदवार कृष्णमान डंगोलसँग नेटपत्रिकाको लागि अनिल भट्टले  गरिको  कुराकानी :

अहिलेको राजनीतिक परिवेशलाई कसरी हेर्नु भएको छ ?

राष्ट्रमा संविधान आए पनि संविधान कार्यान्वयन हुन नसकेको अवस्था, छिटोछिटो हुने सरकार परिवर्तनले गर्दा ल्याएको अस्थिरता, विषयवस्तु बाहिर गएर रुमलिएको राजनीतिले जनतामा निराशा छाएको छ । देश जुन गतिमा अगाडी बढ्नु पर्ने थियो त्यो गतिमा देश अगाडी बढ्न सकेको छैन् । परिवर्तनलाई आम जनताले आत्म साथ गर्न नसकेको गणतन्त्र, लोकतन्त्र नै कमजोर हुने हो कि भन्ने डर रहेको छ ।

तपाईले नेतृत्व गरी रहनुभएको पार्टीको राजनीतिलाई कसरी हेर्नुभएको छ ?

पार्टीले आवह्न गरेको खण्डमा हामी जुनसुकै शासन व्यवस्थाविरुद्ध पनि उठेर प्रजातन्त्र र लोकतन्त्रका लागी लड्यो । आज देशमा गणतन्त्र पनि आएको छ । ने.का का कार्यकर्तामा गणतन्त्र आएपछि उल्लासपूर्ण प्रगतिको बाटो तर्फ पार्टी हिड्छ भन्ने लागेको थियो । गणेशमान, विपीले पञ्चायत विरुद्ध आन्दोलन आवह्न गर्दा उठ्ने सबै कार्यकर्तामा अहिले निरासा छाएको छ । पार्टीमा अहिले व्यक्ति केन्द्रित राजनीति मौलाउँदै गएको छ । राष्ट्रप्रति जिम्मेवार बन्न सकेनन् हाम्रा नेतृत्वकर्ताहरु यसले संगठनलाई पक्कै ठूलो असर गर्ने देखिन्छ ।

ने.का राजनीतिमा लाग्न कसरी प्रेरण प्राप्त भयो  ?

मानिसको विचार परिवर्तनशिल हुन्छ देशमा प्रजातन्त्र थिएन, कसैले पनि आफ्नो अधिकारको सही प्रयोग गर्न पाएका थिएनन् । म युवक माविमा कक्षा ८ मा पढ्दा देखि नै हाम्रो विद्यालयमा गणेशमान सिंह, विपी, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरु संगठन बनाउन आउनु हुन्थ्यो । त्यस बेला हामी उहाँहरुको आर्दश र सिद्धान्तबाट प्रभावित भयौ । साथै प्रजातन्त्रको लागि लड्ने नेतृत्वकर्ता भएका कारण, कम्यूनिष्टहरुको सत्तामुखि चलखेलका साथै प्रजातन्त्रका नाममा खोक्रो नारा, विचार र जनताको मतको सही प्रयोग गर्ने अरु पार्टी यहाँ थिएनन् । यही कारण पनि म ने.का प्रति प्रभावित भएर यसै पार्टीमा लागे । प्रमुख कारण चाही गणेशमानको आर्दश र विपीको सिद्धान्तबाट प्रभावित भएर नै प्रजातन्त्र प्रेमी बने ।

तपाई सक्रिय राजनीतिमा कसरी प्रवेश गर्नुभयो  ?

राजनीतिमा प्रवेश गरे पछि ने.काको भातृसंगठन नेवि संघबाट नै राजनीतिक जीवन अगाडि बढाए । स्कूल जीवन देखि नै ने.वि संघमा रहि काम गरे । विपी गणेशमानले प्रजातन्त्र प्रति देखाएको आस्था, व्याख्या र त्यसले देखाएको बाटोबाट प्रभावित भई ने.वि संघको साधारण सदस्य बने । एसएलसी दिए पछि ललितकला क्याम्पसमा भर्ना भए । मलाई सानै देखि गितसंगित मन प¥थ्यो । त्यसकारण म ललितकला पढे । २०५४÷५५ सालमा ललितकला क्याम्पसबाट स्ववियू सभापतिमा चुनाव जिते । ललितकला क्याम्पसबाटै नै मैले नेपाल सांस्कृतिक संघको सदस्य लिएको थिए । २०४६ सालतिर स्वर्णिम सांस्कृतिक संघ भन्ने संस्था खोलेर काम गरेको थिए । त्यस पछि सन् २००७ तिर नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्ष बनेर सामाजिक सेवामा पनि लागे । २०५० सालमा क्षेत्र नं ७ (हाल क्षेत्र नं १०) को ने.वि संघको क्षेत्रिय अध्यक्षमा निर्वाचित बने भने २०५४ सालमा नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिको उपाध्यक्ष बनेर काम गरेको छु । हाल किर्तीपुर नगरपालिका नगर कमिटी भित्र रहेर पनि काम गरेको छु ।

तपाई आफूलाई संगीतकार भन्नुहुन्छ संगीत र राजनीतिसंगै हिँड्न सक्छ ?

वास्तवमा भन्नु पर्दा मानिस जन्मे देखि नै कला साहित्य प्रति रुची लिएर आएको हुन्छ । म कुनै समयपूर्ण रुपमा कला क्षेत्रमा नै लागे । कला क्षेत्रमा लागेर मात्र हुँदैन रै छ । कला क्षेत्रबाट मात्र नेपालको राजनीतिमा परिवर्तन ल्याउन सकिनुका साथै यस क्षेत्रमा देखिएको यावत् समस्याहरु पनि राजनीतिबाट मात्र समाधान खोज्न सकिने रहेछ भन्ने हो । पञ्चायत शासन व्यवस्थाको ठाडो विरोध गर्न पाइदैन थियो । त्यसको लागी पनि कला साहित्य क्षेत्रबाट मात्र आममानिसमा प्रजातन्त्र प्रति जागरुक बनाउन सकिन्छ भन्ने ठानेर काठमाडौंका विभिन्न चोक–चोकमा बसेर होस् वा काठमाडौं बाहिर गएर पनि कला क्षेत्रमार्फत जनताका प्रजातन्त्र प्रतिको प्रेरणा दिन सकिन्छ भनेर हिडे । बोलेर दिएको वक्तव्य भन्दा गीतसंगित कवितामार्फत दिएको सन्देशले मानिसमा छिटो प्रभाव पार्दथियो । नेपालमा विभिन्न किसिमका कला संस्कृति रहेका छन् ती विभिन्न जातजातिका कलासंस्कृतिहरुको संरक्षण गर्न पनि यस क्षेत्रमा प्रवेश गरेको हुँ । कलाले पनि राजनीति प्रेरणा प्रदान गर्दछ । यस कारण यि दुवै विषयसंगै हुन् ।

ने.काको प्रत्येक शुभेच्छुक संगठनभित्र पार्टीको हस्तक्षेप हुन्छ, यसमा पनि त होलानी होइन र ?

भातृसंगठन भनेको पार्टीलाई टेवा दिने संगठन हो । संगठनले आममानिस र पार्टीलाई मजवुद बनाउने काम गर्दछ । नेताको चाकरी गर्ने प्रवृत्तिका कारण संगठनमा हस्तक्षेप हुन्छ । आफ्ना मान्छेलाई स्पेश दिने नाममा यस्ता कार्यहरु भईरहेकै छन् । संगठन भित्र व्यक्तिवादी प्रवत्ति हावी भयो । संगठनको निम्ती काम गर्ने व्यक्ति नै अगाडी आउनुपर्दछ ।

किन यस संगठनले आफ्नो क्रियाकलाप अगाडी बढाउन नसकेको होला ? सिमित क्षेत्रमा मात्र देखिन्छ नी ?

यो सांस्कृति संघ भातृ संगठनको रुपमा २०६४ सालमा आदरणिय नेता गिरीजा प्रसाद कोइरालाले मान्यता प्रदान गर्नुभयो । २०६४ सालतिर गिरीजा बावुले हामीहरुलाई स्वर्णिम सांस्कृतिक संघ गठन गर्न सर्मथन दिनुभएको थियो । त्यतिबेला देखि नै यो संघले शुभेच्छुक संगठनको रुपमा मान्यता पायो । त्यो बेला पार्टीले हामीलाई एउटा कार्यक्रममा एकदुई वटा गीतसंगीत गाउने रुपमा मात्र लिएको थियो । त्यस लगतै यस संगठनलाई ७५ ओटै जिल्लामा विस्तार गरी समता सांस्कृति संघ नामाकरण गरियो लगभग ६÷७ वर्ष पछी यसको नामलाई परिवर्तन गरी नेपाल सांस्कृतिक संघ भनियो ।

नेपाल सांस्कृति संघले अब आउँदा दिनमा के गर्ने लक्ष्य लिएको छ ?

नेताजीहरुले यो संगठलाई नाच्ने गाउने नौटंकी गर्ने संगठनको रुपमा लिएका छन् । राजनीति र कला एकरथको दुई पाङ्ग्रा हुन भन्ने बुझ्न जरुरी रहेको छ । नेपाल सांस्कृतिक संघले नेपालको परम्परा कलाशैलीलाई प्रस्तुत गर्नुका साथै प्रजातन्त्र लोकतन्त्रप्रति जनतालाई चेतना जगाउन पनि यसको महत्व रहेको कारण देशभित्रका तमाम् लोकतन्त्रप्रेमी कलाकार, संगीतकार, साहित्यकारहरुलाई एउटै छाता संगठनमा आबद्ध गरी यी क्षेत्रको हित प्रवद्धन गर्ने लक्ष्य लिएको छ ।

दोस्रो अधिवेशनमा महामन्त्री पदमा तपाईको उम्मेदवारी किन ?

नेपाल सांस्कृतिक संघको यो दोस्रो अघिवेशन हो । त्यसमा मेरो उम्मेदवारी किन छ भने संघको नीतिगत विकासको लागी, नेपालको कलासंस्कृति परम्परामा देखिएको विकृति विसंगतिको अन्त्य गर्दै, नेपाली कलाक्षेत्र मार्फत नेपाली राजनीतिलाई सकारात्मक परिवर्तन ल्याउन, कलाक्षेत्रलाई आर्थिक उपार्जनको स्रोत बनाउन । सांस्कृतिक संघको महत्वलाई उजागर गर्न, छिन्न भिन्न भएका कलासाहित्य प्रेमी साथीहरुलाई एउटै छाता संगठमा आवद्ध गराउन, कलासाहित्य मार्फत देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न, यस संगठलाई सही बाटो दिन पनि मेरो उम्मेदवारी आवश्यक हो ।

महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ ? साथीहरुको कत्तिको सहयोग प्राप्त भएको छ ?

धमाधम जिल्ला अधिवेशनहरु शुरु भईरहेका छन् । ५५ जिल्ला अधिवेशन सम्पन्न भईसकेका छन् । कात्तिक १६÷१७ गतेसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न भई सक्ने छ । अधिकांश जिल्ला अधिवेशनमा म संयम पनि पुगेको छु । साथीहरुको राम्रो सहयोग र साथ पनि पाईराखेको छु । देशभरीकै साथीहरुको सहयोग र साथ प्राप्त भई राखेको छ । यिनै साथीहरुको प्रेरणा र प्रोत्साहनले नै मेरो उम्मेदवारी आएको हो ।

संघ भित्र पनि त गुट र उपगुट होलानी के यो बेला पनि तपाईको उम्मेदवारी कायम रहन्छ ?

हाम्रो अधिवेशन यही कात्तिक २४ र २५ गते दुई दिन चितवनमा हुने भएको छ । आजसम्म हाम्रो संगठनमा साथीहरु विभक्त भएका छैनन् । संघ, विधान र सिद्धान्त अनुसार अगाडी बढि रहेकै छ । सबै साथीहरुले तपाईले उम्मेदवारी दिनुपर्दछ भनी रहेकै छन् । त्यही भएर मेरो उम्मेदवारी कायम रहन्छ । गुट र उपगुटमा विभक्त हुनुभन्दा सबै साथीहरुलाई एक ठिक्का बनाएर संगठनलाई अगाडी बढाउने प्रतिबद्धता मैले जनाउने छु । सकेसम्म चुनावी माहोल नबानाई सर्वसम्मती कायम गरी जानुपर्दछ भन्ने मेरो धारणा रहेको छ । मिलेन भने प्रजातन्त्रको सुन्दर अभ्यास मार्फत पनि नेतृत्व चयन गर्नुपर्दछ ।

अन्तमा केही भन्नु छ ?

नेपाल सांस्कृतिक संघ भनेको नेपाल भूमिमा बसोबास गर्ने हरेक जातजातिका कलासंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै यही कला र साहित्यको प्रयोगबाट देशमा आमूल परिवर्तन गराउने महत्वपूर्ण साध्यको रुपमा नै रहेको छ । यस क्षेत्रमा लाग्ने साधकहरुको रोजीरोटीको सुरक्षा, विस्तार लगायतका कार्यहरु गर्नुपर्ने आजको महत्वपूर्ण विषय बनेको सन्दर्भमा हाम्रो अधिवेशन हुन गई रहेको छ । यस अधिवेशनबाट कला क्षेत्रको सुरक्षाको साथै सबैलाई मिलाएर लान सक्ने नेतृत्व आवश्यक पर्दछ । सम्पूर्ण प्रतिनिधि मतदाताहरुले काम गर्नसक्ने क्रियाशील साथीहरुलाई मत दिई विजय गराउन अनुरोध गर्दछु

– See more at: http://www.netpatrika.com/2016/11/22438/#sthash.cXkkCNiO.dpuf

मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्वार्ता बाट अन्य

कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?

छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका...

अर्बिट इनर्जीले ५० करोडको आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख  कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि...

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दर घट्यो

सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही...

फागुन ६ गते संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन्  बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका लागि केही समय...

फोरम संग एकता गर्नु अघि पार्टीमा कुनै छलफल नै भएन — नेता तिवारी

संघीय समाजबादी फोरम र नयाँ शक्ति पार्टी बिच एकीकरण भइसेपछि तात्कालीन नयाँ शक्ति पार्टीका केन्द«ीय नेताहरु असन्तुष्ट बनेका छन् । असन्तुष्टिको कारण के हो भन्ने विषयमा पार्टीका प्रभावशाली नेता एबम् केन्द्रीय सदस्य नारायण तिवारी...

केसीको अनसनलाई कांग्रेसको प्रतिरक्षाः भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यूवा नेता योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको लगाएका छन् । सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाइन भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको भनाई छ...

बिरोधको लागि बिरोध नगर्ने प्रसाइको आग्रह

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घरमा केपी शर्मा ओली र प्रचण्डले खाना खाएको बिषय चर्चामा बन्यो । जुन प्रसाईको घरमा दुई नेताले संगै खाना खाएको तस्विर बाहिर आयो अहिले त्यही बिषय संसदमा पुगेको छ...

मोरङमा लालबाबु की शेखर

२००४ सालमा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनका कारण कांग्रेसको राजनीतिक इतिहाससँग विराटनगरलाई जोडिन्छ । त्यसैले विराटनगरलाई कांग्रेसको गढ पनि भनिन्छ । यस पटकको चुनावमा पनि मोरङ क्षेत्र नम्बर ६ का...

व्यक्रिगत स्वार्थको लागी बाम गठबन्धन बनाईएको हो भने दक्षिण एसियाकै कम्यूनिष्ट आन्दोलनमा धक्का पुग्ने छ—बामपन्थी नेता लामा

अहिले देशैभर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल ताती रहेको छ । बिभिन्न राजनैतिक दलका नेताहरु आफनो चुनावी चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको अवस्था छ । भने कम्यूनिष्ट्र बिचारधारा भएका पार्टीले बाम गठबन्धन...