के हो मस्तिष्क ट्युमर ?

डा. राजीव झा
मानिसका हरेक आन्तरिक र बाह्य गतिविधिहरू दुई प्रणाली स्नायु र अन्तश्र्रावी ग्रन्थीबाट नियन्त्रित हुन्छन् । स्नायु प्रणालीमा मस्तिष्क र हातगोडाका स्नायुतना समावेश भएको हुन्छ । मस्तिष्क एक महत्वपूर्ण अंग हो जसले शरीरको गति, सिकाइ, संवेदना, कल्पना, सम्झना, श्वासप्रश्वास, रक्त सञ्चार र मुटुको धड्कन, शरीरको तापक्रम, पाचन प्रक्रिया, मलमुत्र नियन्त्रण गर्छ । मस्तिष्कका ट्युमर एकसय भन्दा बढी हुन्छन, जसलाई केन्द्रीय प्रणाली स्नायुमा हुने ट्युमर भनिन्छ । तिनिहरूको नामाकरण ट्युमर भएको कोषिकाको अनुसार गरिन्छ ।
१.विनाइन ट्युमरः पिट्युटरी ग्रन्थीको ट्युमर, न्युरोमास, क्रानियोफ्यारिन्जियोमास, पाइलोसाइटिक एस्ट्रोसाइटोमासहरू विनाइन ट्युमरको उदाहरण हो । यसले मस्तिष्कमा दबाव दिँदा समस्या उत्पन्न हुन्छ ।

२.क्यान्सरयुक्त ट्युमरः मस्तिष्क र केन्द्रीय स्नायु प्रणाली सिमित हुन्छ । यसमा उच्च र निम्न श्रेणीका एस्ट्रोसाइटोमास, ओलीगोडेन्ड्रोग्लायोमास, इपेन्डियोमास र मिश्रित ग्लाइयोमास, मेडुलोब्लास्टोमास र ग्लियोब्लास्टोमास पर्छ ।

३.मेटास्टेटिक मस्तिष्क ट्युमरः मस्तिष्कमा फैलनुभन्दा पहिला शरीरका अन्य भागमा फैलाउने मुख्य क्यान्सरको रूपमा सुरु हुन्छ । मुख्यतया, पेट, स्तन, मिर्गौला र फोक्सोमा देखिएको क्यान्सर मस्तिष्कमा फैलिन्छ ।
कारण
यसको मुख्य कारण अज्ञात छ ।
१.पारीवारिक इतिहासः परिवारको अघिल्लो पुस्तामा कसैलाई मस्तिष्कको ट्युमर छ भने त्यस परिवारको पछिल्लो पुस्तामा बंशाणुगत ट्युमर हुन सक्छ ।
२.रेडियोथेरापीः क्यान्सर लगायतको उपचारको क्रममा टाउकोमा विकीरणको पर्छ त्यस्ता मानिसमा ट्यूमर विकासको वृद्धि हुने सम्भावना हुन्छ ।
लक्षण
मस्तिष्कको कुन भागमा ट्युमर भएको छ त्यही अनुसारले लक्षणहरू देखिन्छन ।

कहिलेकाहीँ ट्युमर बिस्तारै बढ्दै गर्दा लक्षण पनि बिस्तारै विकसित हुनेहुँदा हामीले त्यति ख्याल गर्दैनौँ साथै अरू रोगहरू जस्तै माइग्रेन वा पेट दुखाइ, टाउको दुखाइ वा वाकवाकी जस्तै लक्षणहरू देखिन्छ ।
यसले शरीरको कुनै भागमा कमजोरी अथवा पक्षघात पनि हुन सक्छ र कसैलाई शरीर असन्तुलित हुने र छारे रोग देखिने र अधिकांश मानिसहरूमा टाउको दुख्ने समस्या हुन्छ तर टाउको दुख्दैमा ट्युमर नै हुन्छ भन्ने हुँदैन ।
कुनै जटिल र नयाँ समस्या देखिएमा तुरुन्त चिकित्सक वा सम्बन्धित डाक्टरसँग सम्पर्क गर्नुपर्छ । मस्तिष्कमा हुने तरल पदार्थ जसलाई मस्तिष्कमा पानी जमेको भनिन्छ ।
त्यसको प्रवाहमा मस्तिष्कको ट्युमरले अवरोध गर्दछ त्यसले मस्तिष्कमा दवाब पर्न जान्छ जुन अवस्थालाई ‘हाइड्रोसेफालस’ भनिन्छ । यो अवस्था विशेषगरी नवजात शिशुमा देखिन्छ र कहिलेकाहीँ वयस्कमा पनि देखिन सक्छ ।
यसको उपचार कजगलत हो । अरु लक्षणहरूमा वाकवाकी लाग्ने, बान्ता हुने, टाउको दुख्ने, निदाउरोपना, बोल्न गाह्रो हुने, छोटो अवधि स्मृति समस्या, दृष्टिमा समस्या, सुनाई, सुँघाइ, स्वाद, बेहोसीपना, झिजिने, डिप्रेसन, व्यक्तित्व परिवर्तन आदि समस्या देखिन सक्छन ।
मस्तिष्क ट्युमर भए–नभएको परीक्षण पारीवारिक इतिहास, शारीरिक परीक्षण साथै सीटीस्क्यान, एमआरआई, एमआरएस, एसपीईटी स्क्यान, पेट स्क्यान, मेरुदण्डमा सानो प्वाल पारेर गरिने शल्यक्रिया, सर्जिकल बायोप्सी र विभिन्न रगत परीक्षणबाट गरिन्छ । बिनाइन र क्यान्सर हुनसक्ने ट्युमर दुवै खतरा हुन सक्छन् तर अप्रेसन गरेर सबै ट्युमर निकालेपछि बिनाइन अथवा निम्न श्रेणीको ट्युमरको अपेक्षित नतिजा राम्रो हुन्छ ।
सामान्यतया जति कम उमेर छ त्यति अपेक्षित नतिजा पनि राम्रो हुन्छ । एकपटक उपचार गरे पनि कुनै ट्युमर पुन देखा पर्न सक्छ त्यस्तो अवस्थामा फेरि सर्जरी, रेडियोथेरापी वा केमोथेरापी गर्नुपर्छ ।
मुख्य उपचार
मस्तिष्कको ट्युमरको मुख्य उपचार सर्जरी, रेडियोथेरापी र केमोथेरापी नै हो । यस्तो उपचार कुनै एक अथवा संयुक्त रुपमा गर्न सकिन्छ । लक्षण कम गर्न औषधिमा जस्तै स्टेरोइडस् रिङ्गटा लगाउन, मुर्छा पर्नबाट रोक्ने औषधि दिइएको हुन्छ । बच्चाको र वयस्कको उपचार पद्धति एउटै हुन्छ । जबसम्म मस्तिष्कको ट्युमर हो भनेर पत्ता लाग्दैन तबसम्म उपचार सुरु गरिँदैन ।उपचारको मुख्य उद्देश्य भनेको ट्युमर निकाल्ने, यसको बृद्धिमा कम गर्ने र यसका लक्षणहरूलाई कम गर्ने हो । मस्तिष्कको उपचारमा के गर्ने भनेर ट्युमरको प्रकार, आकार, ट्युमरको स्थान, बिरामीको उमेर, स्वास्थ्य अवस्था, देखिएका लक्षणहरू र त्यसले परेका असरहरूमा निर्भर गर्दछ । मस्तिष्कको अप्रेसन गर्दा चिकित्सकले मस्तिष्कको अन्य भागलाई साथै स्नायुहरूलाई बचाएर ट्युमर निकाल्ने काम गर्दछन् । अप्रेसनमा बायोप्सी, क्रानियोटोमी र इन्डोस्कोपिक शल्यक्रिया गरिन्छ ।
रेडियोथेरापी क्यान्सरयुक्त कोषिकाहरूलाई विनास गर्नको लागि दिने अत्यधिक शक्ति भएको विकिरण पद्धति हो । यस प्रकारले उपचार गर्दा शरीरको स्वस्थ भागमा कम असर परोस् भन्ने कुरामा विशेष ध्यान दिइन्छ । यो दुखाइरहित उपचार पद्धति हो ।
स्टेरियोट्याक्टिक रेडियो सर्जरीः यो एक प्रकारको रेडियसन पद्धति हो, अप्रेसन होइन । यसमा ठूलो मात्राको रेडियसन एकपटक मात्र दिइन्छ । जसका लागि बिरामीले अप्रेसन एकपटक मात्र गराए पुग्छ ।किमोथेरापी क्यान्सरको उपचारका लागि प्रयोग गरिने औषधिहरूलाई केमोथेरापी भनिन्छ । सामान्यतया औषधी शरीरभित्र रगतसँगै दिइन्छ र त्यसले क्यान्सरयुक्त भाइरसलाई तुरुन्त विनास गर्दछ ।
प्यालियटिभ उपचारः रोग निको पार्न नभई त्यसको लक्षणहरूको असर कम गराई बिरामीलाई गुणस्तरीय जीवनयापन गर्नमा सहयोग गरिन्छ । खासमा उच्च श्रेणीका क्यान्सरका बिरामीहरूलाई उपयुक्त मानिन्छ ।तर यो पद्धति जीवनको अन्तिम अवस्थामा मात्र नभई क्यान्सरका बिभिन्न चरणका बिरामीलाई पनि अपनाइन्छ । मुख्यतः क्यान्सरको दुखाइको पीडा कम गर्न साथै त्यस्ता बिरामीलाई शारीरिक र मानसिक रूपमा उपचार गर्न पनि प्रयोग गरिन्छ ।

मा प्रकाशित

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

भोली देखि निजी अस्पतालमा उपचार महँगिने, सरकारले ३% स्वास्थ्य समता शुल्क लागू गर्दै

काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले...

अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर...

आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...

कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?

छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...

बैंकको कालोसूचीमा परे कस्ता सुविधाबाट भईन्छ बञ्चित ? यस्ता व्यक्ति पर्छन् सूचीमा

काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक...

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...

चीनमा कोरोनाको तीन भेरियन्टको आंशका

चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् । महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस...

नेपालमा ८ प्रतिशतमा मधुमेह

 विश्व मधुमेह दिवस आज नेपालमा पनि मनाइँदैछ ।मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त...

एमसिसीविरुद्धको प्रदर्शनका घाइते डिस्चार्ज

एमसिसीविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते भएका हेमराज अवस्थी मंगलबार डिस्चार्ज भएका छन्। घाइते भएको एघार दिनपछि उनी डिस्चार्ज भएका हुन्। घाइते भएका उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रघाती भएको बताउँदै एमसिसी अनुमोदन गर्न नहुने...

भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि काठमाडौँमा दिइने

काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले  साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा...