सरकारले असार १४ गते दोस्रो स्थानीय निकायको निर्वाचन घोषणा गरे संगै चुनावी गमागर्मी बढदो छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न व्यक्तिहरूले नेतृत्व लिने सोच बनाएर चुनावी घोष्णा पत्र सार्वजनिक गदै चुनावी मैदानमा उत्रीएका छन् । यस्तै ३ नगरपालिका र ३ गाउँपालिका भएको अर्घाखाची यतिबेला निर्वाचनमय भएको छ । यस्तै अर्घाखा“चीको शितगंगा नगरपालिकामा पनि मेयर र उप मेयर बन्नको लागी धेरैको आकाक्षा थियो । तर सवैको इच्छा आकांक्षा रहेपनि अन्तमा कुशल व्यक्तिको नेतृत्व जन्ताले चाहेका हुन्छन् । त्यसैले नै होला उपमेयरमा लामो समय पछि कुशल महिला उपमेयरमा एमालले गिता बिसी लाई पठाएको छ । महिला उपमेयर गिता बि.सीको चुनाबी एजेन्डा केके छन् र चुनाव जिते पछि भावी योजना र उपमेयर जस्तो पदमा गिता बिसीलाई नै किन भोट दिने भन्ने बिषयमा आवर खबर डटकमको लागी पत्रकार मुकुन्द भुसाल र मुकुन्द गैरेले उहा संग गरिएको सक्षिप्त कुराकानीको सारसंक्षेप ।
गाउँ नगरमा स्थानीय तहको निर्वाचनको माहोल र चुनावी गमागर्मी बढिरहेको छ अर्घाखाची सितगंगा नगरपालिकाको चुनाबी माहोल कस्तो चलको छ ?
स्वभाविकै छ–देशमा स्थानीय सरकार नभएको २० वर्ष हुनै लागेको यो अवस्थामा त्योपनि स्थानीय निकायको नभएर स्थानीय तहको निर्वाचन हुन लाग्दा सर्वत्र माहोल त छाउने नै भयो । देशै भरी माहोल छाइरहँदा अर्घाखाची सितगंगा नगरपालिका नछाउने भन्ने त झन कुरै भएन । त्यसैमा पनि सितगंगा नगरपालिका भुगोलले देशकै ठुलो नगरपालिका हो त्यसैले गर्दा पनि अरु ठाउको चुनाब भन्दा यस क्षेत्रको चुनावी महत्व बेग्लै छ । राजनितिक सरगर्मी वढ्ने ठाउँ, राम्रै माहोल तातिरहेको छ । यहाँका गल्ली गल्लीदेखि चियापसल र चोक चोकमा २०७४साल असार १४ गते हुने स्थानीय तहको निर्वाचनको तयारी पुरा भई सकेको अवस्था छ भने प्रचार प्रसार अन्तिम चरणमा पुगेको अवस्था छ ।
. अर्घाखाची शितगंगा नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट तपाईलाई पठाएको छ तपाईलाई नै पठाउनुको कारण के जस्तो लाग्छ ।
यो स्थानीय तहमा टिकट पाउने सन्दर्भमा मेरो मात्र नभएर समग्र नेपाली महिलाहरुको असाध्यै राम्रो माहोल छ । नयाँ संविधानले व्यवस्था गरे बमोजिम र आधा आकाश ढाक्ने महिलाहरुको प्रतिनिधित्वको सन्दर्भ यस पटकको संविधानले राम्रै व्यवस्था गरेकोले मैले मात्र भन्दापनि समग्र नेपाली महिलाहरुले यस पटकबाट राज्यको विभिन्न तहमा हुने सबै निर्वाचनहरुमा राम्रै सहभागीता हुने ज्ञारेन्टी सहितको विश्वास छ । यो विश्वास लिई रहँदा मैले र मेरो सन्दर्भमा यस नगरबाट टिकट पाईसकेकी छु ।
मैले यसो भनिरहँदा मसँग थुप्रै आधारहरु पनि छन् । मैले महिला संजालको क्षेत्रमा विगत बर्ष देखी आफ्नो भूमिकालाई सशक्त बनाउँदै आएकी छु । मैले समाजिक क्षेत्रमा आफनो व्यक्तिगत काम छाडे्र केही बर्ष देखी काम गदै आएकी छु । बिगतमा मैले गरेको कामको बारेमा जिल्लामा सवै सामु प्रख्यात छ । यस्तै पार्टीले पनि मेरो कामको दक्षता हेरेर मलाई टिकट दिएको जस्तो लाग्छ । बिभिन्न सामाजिक क्षेत्रलाई समेत अँगाल्दै यहाँका महिला, दलित, जनजाती लगायत भनिने पिछडिएका वर्गको समेत क्षेत्रमा मैले आपूmले जाने र सकेसम्मका कामहरु गर्दै आएकी छु । त्यसैले पनि मलाई विश्वास छ यो निर्वाचनमा मलाई भारी मत दिएर बिजय गराउनेमा ढुक्क छु ।
. यदि तपाईं उपमेयर हुनु भयो भने अर्घाख“ाची सितगंगा नगरपालिको प्रमुख पहिलो काम तपाईको के हुने छ, आम मतदातालाई बताईदिनुस त ?
पार्टीले विश्वासका साथ मलाई पत्याएको छ । मेरो पार्टी नेकपा एमालेबाट टिकट पाउनु नै मेरो पहिलो विजय हो । यस क्षेत्र नेकपा एमालेको लालकिल्ला समेत भएको कुरा सवै सामु जानकारी नै छ । २०५४ को स्थानीय निकायको निर्वाचनमा पनि एमालेले धेरै ठ“ाउमा भारी मतले बिजय हासिल गरेको थियो । यस भन्दा अगाडी तत्कालिन प्रधानमन्त्री मोनमोहन अधिकारी सरकारले गरेका सामाजिक भत्ता र आफनो गा“उ आफै बनाऔ भन्ने नाराका साथ यसलाई अझ व्यापक अगाडी बढाउदै खाने पानी, सिंचाई, पर्यटन कृषी र बिरोजगार यूवालाई स्वदेशमै रोजगारी दिने महिला पुरुष सवैलाई रोजगार मुलक शिक्षाको साथै तालिम दिने ।
सितगंगा नगरपालिको समस्यालाई कसरी नियाली रहनु भएको छ ? र यसका समाधानको लागि के के गर्नु हुन्छ ?
यहाँले समस्या नियाल्ने कुरा गरिरहँदा के भन्न भन लाग्यो भने लामो समयदेखि स्थानीय निर्वाचन नभइरहेको यो अवस्थामा र स्थानीय निकाय÷तह सहित सिंगो देश कर्मचारीबाट चलिनरहनु पर्दा समस्याका कुरा भनिसाध्यै छैनन् । त्यति मात्र नभएर कहिले संयन्त्र प्रतिनिधिको नामबाट त कहिले खारेजी भएनी तिनैको निगरानीमा स्थानीय सरकार चल्दा र १ भोटेदेखि ठूला दलको नामबाट संयन्त्र चल्दा स्थानीय निकाय मागी मात्र नभई ठगी समेत खाने भाँडोको रुपमा परिचित भैरहेको छ । यसलाई व्यवस्थापन गर्नपनि स्थानीय सरकारको आवश्यक्ता जरुर थियो । निर्वाचनबाटै यी सबै विकृती, विसंगतीको अन्त्य हुने कुरामा कुनै दुबिधा लिनु पर्ने अवस्था कायम हुने छैन । यहि मेरो प्रतिवद्धता समेत छ ।
मा प्रकाशित
यसमा तपाइको मत
अन्तर्वार्ता बाट अन्य
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका...
काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि...
सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही...
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका लागि केही समय...
संघीय समाजबादी फोरम र नयाँ शक्ति पार्टी बिच एकीकरण भइसेपछि तात्कालीन नयाँ शक्ति पार्टीका केन्द«ीय नेताहरु असन्तुष्ट बनेका छन् । असन्तुष्टिको कारण के हो भन्ने विषयमा पार्टीका प्रभावशाली नेता एबम् केन्द्रीय सदस्य नारायण तिवारी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यूवा नेता योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको लगाएका छन् । सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाइन भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको भनाई छ...
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घरमा केपी शर्मा ओली र प्रचण्डले खाना खाएको बिषय चर्चामा बन्यो । जुन प्रसाईको घरमा दुई नेताले संगै खाना खाएको तस्विर बाहिर आयो अहिले त्यही बिषय संसदमा पुगेको छ...
२००४ सालमा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनका कारण कांग्रेसको राजनीतिक इतिहाससँग विराटनगरलाई जोडिन्छ । त्यसैले विराटनगरलाई कांग्रेसको गढ पनि भनिन्छ । यस पटकको चुनावमा पनि मोरङ क्षेत्र नम्बर ६ का...
अहिले देशैभर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल ताती रहेको छ । बिभिन्न राजनैतिक दलका नेताहरु आफनो चुनावी चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको अवस्था छ । भने कम्यूनिष्ट्र बिचारधारा भएका पार्टीले बाम गठबन्धन...






