म व्यवसायी संग सहकार्य गरेर अगाडी बढछु —श्रम मन्त्री यादव

काठमाण्डौ ८,मंसिर । नवनियूक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि टोली बिच भेटघाट भएको छ ।

आइतबार नवनियुक्त मन्त्री यादवलाई संघको प्रतिनिधीमण्डले मन्त्रालय पुगेर बधाई तथा शुभकामना दिए । भेटघाट कार्यक्रममा मन्त्री यादवले विगतमा जे भए पनि आगामी दिनमा छलफल र सहकार्य गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान रहेको भन्दै मन्त्री उनले व्यवसायीका समस्या समाधान गर्न सधै तत्पर रहेको बताए ।

मन्त्री यादवले मन्त्रालय व्यवसायीहरुसँगै मिलेर काम गर्न चाहेको भन्दै व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिए ।सो अवसरमा मन्त्री यादवले वैदेशिक रोजगारीलाई मर्या्दित, व्यवस्थित तथा पारदर्शी बनाउन र कामदारको सुरक्षाको सुनिश्चितता गर्नका लागि सरकारसँगै व्यववसायीहरु पनि प्रतिवद्ध बन्नुपर्ने भन्दै अब सीप सिकाएर मात्र विदेशिने बातावरण बनाउन जरुरी रहेको बताए ।

साथै उनले स्वदेशमै पनि सीपयुक्त जनशक्ति उत्पादनमा लाग्न मेनपावर व्यवसायीहरुलाई आग्रह गरे ।संघका अध्यक्ष विष्णु गैरेले व्यवसायीहरुले सदैव सरकारलाई साथ दिएको र अब पनि यसलाई निरन्तरता दिदै सहकार्य तथा छलफलका लागि संघ तयार रहेको प्रतिवद्धता गरे ।

कार्यक्तममा संघका प्रथम उपाध्यक्ष कमल तामाङ, महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीका समस्या बारे मन्त्रीलाई जानकारी गराएका थिए ।

मा प्रकाशित

यसमा तपाइको मत

विचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनमा कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको...

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित

काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच...

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस...

बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो

काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका...

वैदेशिक रोजगार ठगीविरुद्ध अनलाइनबाटै उजुरी

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित भएका श्रमिकले अब उजुरी दिन काठमाडौं पुगिरहनुपर्ने बाध्यता हटेको छ। सरकारले वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। मंगलबार ताहाचलस्थित वैदेशिक...