
काठमाडौं । चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा २०८३ असोज १७ गते सम्पन्न भएको छ। संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल, आगामी कार्यदिशा तय तथा नयाँ सञ्चालक समिति र लेखा समिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को लेखा समितिको वार्षिक प्रतिवेदन लेखा संयोजकले प्रस्तुत गरेका थिए। त्यस्तै, आर्थिक प्रतिवेदन कोषाध्यक्ष, वार्षिक प्रगति प्रतिवेदन सचिव तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्षले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूले छलफल गरी आवश्यक सुझावसहित पारित गरेका छन्।
सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट सदस्यलाई वितरण गरिने लाभांश पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरेको छ। सहकारीको आगामी कार्ययोजना, संस्थागत सुशासन तथा सदस्यहितका विषयमा समेत साधारण सभामा छलफल भएको थियो।

साधारण सभाले संस्थाको पाँचौँ कार्यसमिति तथा लेखा समितिको निर्वाचनसमेत सम्पन्न गरेको छ। निर्वाचनबाट चःमति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मन्दिरा महर्जन चयन भएकी छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र महर्जन, सचिवमा पूर्णकाजी ज्यापु र कोषाध्यक्षमा दिनेश महर्जन चयन भएका छन्।
त्यस्तै, सञ्चालक समितिका सदस्यहरूमा कमला महर्जन, शंकर महर्जन र प्रकाश महर्जन चयन भएका छन्। लेखा समितिको संयोजकमा मिना कुमारी श्रेष्ठ तथा सदस्यहरूमा रवि महर्जन र सानु मैया महर्जन चयन भएका छन्।
साधारण सभाले निर्णय पुस्तिका प्रमाणित गर्न सदस्य चयन गर्नुका साथै विविध विषयमा समेत छलफल गरेको थियो। संस्थाले सदस्यहरूको आर्थिक हित, सहकारीको संस्थागत विकास र पारदर्शितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। नयाँ कार्यसमिति चयनसँगै सहकारीको आगामी कार्यकाललाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने अपेक्षा गरिएको छ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ,...
काठमाडौं । १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गर्दै आएको स्नो रिभर्स लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ । सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक...
काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा असोज १७ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित हुनुका...
काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा अशोज १६ गते सम्पन्न भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/०८३ को आम्दानीबाट ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने...
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा रामजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि प्रवासमा रहेका नेपालीको आवाज कांग्रेसको नीति...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको वडा अधिवेशन आजदेखि सुरु हुँदै छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवा समूहले बेग्लै अधिवेशन सुरु गर्न लागेको हो । देउवा समूहको...
काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि गगन थापाभन्दा किशोर सिंह राठोर उपयुक्त उम्मेदवार हुनसक्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा पार्टीभित्र बहस तीव्र भइरहेका...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं १० बाट केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने २९ जना महाधिवेशन प्रतिनिधिको टुंगो निर्वाचनमार्फत लागेको छ। मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार क्षेत्रबाट विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका प्रतिनिधिहरूमध्ये...
काठमाडौं । अनलाइन सपिङ गन्तव्य दराज नेपालले बडादशैँका अवसरमा बहुप्रतीक्षित ‘१०.१० दशैँ धमाकाः बडादशैँ, धमाकेदार डिल्स सार्वजनिक गरेको छ । अक्टोबर १ को राती ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने मेलामा विभिन्न श्रेणीका...






