सहकारी क्षेत्रमा समस्या आउनुमा सरकार पनि जिम्मेवार छ: अध्यक्ष मल्ल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको बताएकी छिन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा आयोजित ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह समितिको कार्यक्रम बोल्दै उनले भनिन्, ‘कोरोना महामारीसँगै आर्थिक मन्दी देखियो । अर्को कुरा हामीले लुकाउनु हुँदैन सहकारीलाई निजी कम्पनी जस्तो व्यक्ति धनी हुनका लागि केही व्यक्तिहरुले सहकारीलाई अवसरको रुपमा मानेर आफू धनी हुन खोज्दा त्यसको समस्या पीडा आज सहकारी आन्दोलनले भोगिरहेको ययार्थलाई नर्कान सक्दैनौं ।’

यसका साथै उनले सहकारी क्षेत्रमा समस्या आउनुमा सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताइन् । २०७४ सालको ऐन र नियमावलीमा भएका कुराहरु आजसम्म लाग्र हुन नसकेको उनको भनाई छ ।

सहकारी सञ्चालकले सदस्यहरुलाई सहकारीको कर्तव्य र जिम्मेवारी बारे बुझाउन नसकेको बताउँदै उनले भनिन्, ‘बचत तथा ऋणको कारोबार गर्ने संस्थालाई समस्या परेको छ । बचतकर्तालाई बचत गर्न सिकायौं तर, बचतकर्तालाई सहकारी तपाईहरुको हो र दुःख सुखमा सहकारीको प्रवद्र्धन गर्नुपर्छ भनेर बुझाउन सकेनौं ।’

अहिले सरकारले सहकारी अभियानले लबिङ गरेका धेरै कुरा पायौं भन्दै उनले आभार व्यक्त गरिन् । ‘समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि बनेको समितिलाई एउटै व्यवस्थापन समितिले हेर्नुपेर्न थियो । अहिले राष्ट्र बैंकका निर्देशन र मापदण्डमा पनि केही कुरा छन् । जति सहकारी समस्याग्रस्त छन् त्यसलाई हेर्न उत्तिनै विज्ञ टिम बनाउने भनिएको छ । अध्यादेशमा केही कुराहरु पहल गर्दा पनि आउन सकेका छैनन् । यी कुराहरु पनि आगामी दिनमा आउनेछ भन्ने आशा छ । २०७४ सालमा बनेको ऐन अध्यादेश मार्फत संशोधन गरिएको छ ’, अध्यक्ष मल्लले भनिन्र ।

अहिलेको सहकारी क्षेत्रको चुनौतिलाई चिरेर कसरी अघि बढ्ने भन्ने मुख्य कुरा रहेको बताउँदै यसका लागि देशको कानुन सहकारीका अन्तर्राष्ट्रिय मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्न समेत सहकारी अभियानलाई उनले आग्रह गरिन् ।

‘हाम्रो सम्पत्ति भनेको सदस्य हो । प्राथमिक तहदेखि जिल्ला संघका सञ्चालहरुले आफ्ना सदूस्यहरुलाई उनीहरुको सहकारी कुन अवस्थामा चलेको छ । संस्था चलाउनका लागि र अघि बढाउनका लागि हामीले के गर्नपर्छ भन्ने कुरा बुझेर अघि बढ्न्पर्छ’, उनले भनिन् ।

उनले थपिन्, ‘सहकारीमा रकम फिर्ता गर्न समस्या भएका पनि यो यो कारणले बचत फिर्ता गर्न सकेनौं भन्ने समन्यवय गरेर जानुपर्छ त्यता तर्फ सबैको ध्यानाकर्षण होस् ।’

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

स्वनिगः बहुउद्देश्यीय सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बजार मल्टिभेन्यूमा शनिबार सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल...

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। दार्चुला पावर लिमिटेडले पुँजी वृद्धि, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र नयाँ जलविद्युत् आयोजनाको विकास तथा निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक विस्तारको योजना अघि बढाएको छ। कम्पनीको १०औँ वार्षिक साधारणसभामा भावी लगानी रणनीति, वित्तीय...

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले अन्य कम्पनी तथा आयोजनामा समेत लगानी विस्तार गर्न सक्ने गरी आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउने भएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै...

निफ्राको आठौँ साधारण सभा सम्पन्न

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा...

२०१५ सालको जस्तै कांग्रेसको ऐतिहासिक निर्णय, अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो

काठमाडौ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ,...

स्नो रिभर्सको वित्तीय सुधार, शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव

काठमाडौं ।  १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गर्दै आएको स्नो रिभर्स लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ । सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक...

जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ

काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा असोज १७ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित हुनुका...

चःमति बहुउद्देश्यीय सहकारीको २०औँ वार्षिक साधारण सभा सम्पन्न, मन्दिरा महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा २०८३ असोज १७ गते सम्पन्न भएको छ। संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल, आगामी कार्यदिशा तय तथा...

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा अशोज १६ गते   सम्पन्न भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/०८३ को आम्दानीबाट ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने...