
ललितपुर। लगानी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवस्थित र दीर्घकालीन लगानीको भरपर्दो माध्यमका रूपमा अघि बढिरहेको फिनोभेटिभ ग्रुप प्रा लिको प्रथम साधारण सभा असोज ३ गते शनिबार सम्पन्न भएको छ। ललितपुर महानगरपालिका–७, ग्वार्कोमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको छ। कम्पनीले हालसम्म सूचीकृत तथा सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूमा लगानी गर्दै लगानी क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिसकेको जनाएको छ।
साधारण सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको स्थापना, उद्देश्य, हालसम्मको प्रगति, आगामी रणनीति तथा सामाजिक उत्तरदायित्वबारे जानकारी गराउनुभयो। उहाँले फिनोभेटिभ ग्रुपलाई व्यवस्थित, पारदर्शी र दीर्घकालीन लगानीको भरपर्दो माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।सभामा कम्पनीका सञ्चालक जनक तिवारीले कम्पनीको वित्तीय अवस्था, हालसम्मको प्रगति तथा भावी कार्ययोजना प्रस्तुत गर्दै कम्पनीको जारी पुँजी रु। १० करोड तथा चुक्ता पुँजी रु। ४ करोड १६ लाख रहेको जानकारी दिनुभयो।उहाँले संस्थागत आधारलाई थप सुदृढ गर्दै योजनाबद्ध लगानी, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिइने बताउनुभयो। साथै, उहाँले स्थापनाको पहिलो वर्षमै कम्पनीले बलियो जग बसालेको र आगामी आर्थिक वर्षदेखि शेयरधनीहरूलाई उत्साहजनक प्रतिफल प्रदान गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

साधारण सभामा लगानी समिति सदस्य अर्जुन पन्थी र शुक्रराज डंगोलले तीनवर्षे वित्तीय प्रक्षेपण तथा विकास योजना प्रस्तुत गर्नुभयो। उहाँहरूले कम्पनीको पुँजी रु ३० करोड पुर्याउने लक्ष्यसहित जोखिम र प्रतिफलको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा लगानी विस्तार गर्ने तथा दीर्घकालीन मूल्य सिर्जनामा जोड दिने योजना प्रस्तुत गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि अर्जुनकुमार श्रेष्ठले कम्पनीले छोटो अवधिमै पारदर्शी आधार निर्माण गरेको उल्लेख गर्दै दिगो विकासका लागि स्पष्ट उद्देश्य, पारदर्शी कार्यशैली र दीर्घकालीन सोच आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। सल्लाहकार परिषद् सदस्य भरत नेपालले संस्थाको सफल यात्राका लागि तीव्र गतिभन्दा पनि स्पष्ट गन्तव्य, दृढ प्रतिबद्धता र योजनाबद्ध अगाडि बढाइ महत्वपूर्ण हुने बताउँदै कम्पनी सोही लक्ष्य र दिशासहित अघि बढिरहेको स्पष्ट पार्नुभयो।
फिनोभेटिभ ग्रुपले पुँजी बजार, सेवामूलक क्षेत्र, उत्पादनमूलक उद्योग तथा अन्य सम्भावनायुक्त व्यावसायिक क्षेत्रमा योजनाबद्ध र जिम्मेवार लगानी विस्तार गर्ने नीति लिएको जनाएको छ। जोखिम र सम्भावित प्रतिफलको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा लगानी निर्णय गर्दै पुँजी संरक्षण, सुशासन, वित्तीय अनुशासन र दिगो प्रतिफललाई प्राथमिकता दिने कम्पनीको योजना रहेको छ। पारदर्शी व्यवस्थापन र प्रभावकारी पुँजी परिचालनमार्फत शेयरधनी तथा सरोकारवालाको विश्वास सुदृढ गर्दै दीर्घकालीन आर्थिक मूल्य सिर्जना गर्ने लक्ष्यका साथ फिनोभेटिभ ग्रुपले भविष्यमा विश्वसनीय, पारदर्शी र परिणाममुखी लगानी कम्पनीका रूपमा आफ्नो पहिचान थप सुदृढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ असोज २९ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले १ः०.८२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष...
काठमाडौँ । एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका र पार्टीले औपचारिक कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्। आयोगले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको तरिकामा असाधारण र ठुलो परिवर्तन भएको बताएका छन् । पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिकीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन...
काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ साल असोज २८ गते बुधबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा सम्पन्न सभाले राजकुमार पौडेलको अध्यक्षतामा नयाँ...
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ एवं छठ पर्व २०८३ को पावन अवसरमा नेपाल चिया विकास निगम लिमिटेड, काठमाडौं तथा त्रिवेणी ग्रुपका अध्यक्ष सुभास सांघाईले सम्पूर्ण नेपालीमा सुख, शान्ति र...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ असोज २७ गते मंगलबार काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन...
काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडको नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीको आर्थिक अवस्था, वार्षिक प्रतिवेदन, लेखापरीक्षण, सञ्चालक समिति गठन तथा पुँजी संरचनासम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गरिएको...
काठमाडौं। स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बजार मल्टिभेन्यूमा शनिबार सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल...
काठमाडौं। दार्चुला पावर लिमिटेडले पुँजी वृद्धि, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र नयाँ जलविद्युत् आयोजनाको विकास तथा निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक विस्तारको योजना अघि बढाएको छ। कम्पनीको १०औँ वार्षिक साधारणसभामा भावी लगानी रणनीति, वित्तीय...
काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले अन्य कम्पनी तथा आयोजनामा समेत लगानी विस्तार गर्न सक्ने गरी आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउने भएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै...






