
काठमाडौं । अनलाइन सपिङ गन्तव्य दराज नेपालले बडादशैँका अवसरमा बहुप्रतीक्षित ‘१०.१० दशैँ धमाकाः बडादशैँ, धमाकेदार डिल्स सार्वजनिक गरेको छ । अक्टोबर १ को राती ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने मेलामा विभिन्न श्रेणीका उत्पादनमा ६५ लाख रुपैयाँसम्मका भाउचर, निःशुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको भारी छुट उपलब्ध हुने बताइएको छ ।
दशैँको तयारी र किनमेल थप लाभदायी बनाउन दराजले अग्रणी ब्राण्डहरूसँग सहकार्य गर्दै विभिन्न छुट योजना अघि सारेको छ । दराजका प्ल्याटिनम पार्टनर ब्राण्डबाट ६७ प्रतिशत, गोल्ड पार्टनरबाट ७० प्रतिशत र सिल्भर पार्टनरबाट ६५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बताइएको छ ।
त्यसबाहेक असोज १५ देखि २६ सम्म सीमित समयका लागि ब्राण्ड रस आवर, क्रेजी प्राइस ड्रप तथा विभिन्न बारअनुसारका विशेष श्रेणीगत अफर समावेश गरिएका छन् । उपभोक्ताले छनोट गरिएका बिक्रेताबाट तीन हजार रुपैयाँसम्मका दशैँ दक्षिणा भाउचरसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नगदरहित कारोबार प्रोत्साहन गर्न दराजले पाँचवटा अग्रणी बैंकहरूसँग सहकार्य गरी विशेष प्रि(पेमेन्ट अफर ल्याएको छ । हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत अर्थात् १५ सय रुपैयाँ र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत अर्थात् एक हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
इसेवा र खल्ती प्रयोगकर्ताका लागि पनि एक हजार रुपैयाँसम्मको छुट रहेको छ । किनमेलसँगै दराजले आकर्षक उपहारसमेत व्यवस्था गरेको छ । न्यूनतम दुई हजार रुपैयाँको खरिद गर्नेमध्ये एक भाग्यशाली ग्राहकले सुजुकी एक्सेस एफआई १२५ सिसी विशेष एडिसन स्कुटर जित्न सक्नेछन् । साथै थाइल्याण्ड भ्रमण, ३१ हजार रुपैयाँको कम्बो गिफ्ट सेट, ६५ हजार रुपैयाँको एक्सप्रेस स्टाइलर, एक लाख पाँच हजार रुपैयाँको वासिङ मेसिन र दैनिक गिभअवेमार्फत् विभिन्न ब्राण्डका उत्पादनहरू जित्ने अवसर पाउने बताइएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं। स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बजार मल्टिभेन्यूमा शनिबार सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल...
काठमाडौं। दार्चुला पावर लिमिटेडले पुँजी वृद्धि, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र नयाँ जलविद्युत् आयोजनाको विकास तथा निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक विस्तारको योजना अघि बढाएको छ। कम्पनीको १०औँ वार्षिक साधारणसभामा भावी लगानी रणनीति, वित्तीय...
काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले अन्य कम्पनी तथा आयोजनामा समेत लगानी विस्तार गर्न सक्ने गरी आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउने भएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै...
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा...
काठमाडौ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ,...
काठमाडौं । १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गर्दै आएको स्नो रिभर्स लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ । सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक...
काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा असोज १७ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित हुनुका...
काठमाडौं । चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा २०८३ असोज १७ गते सम्पन्न भएको छ। संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल, आगामी कार्यदिशा तय तथा...
काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा अशोज १६ गते सम्पन्न भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/०८३ को आम्दानीबाट ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने...






