प्रधानमन्त्री नयाँ, चुनौती पुरानै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक अनि देशको ४० औँ प्रधानमन्त्री बन्नुभएको छ । यसको लगत्तै उहाँको सरकारको दायित्व र दबाबमाथि बाक्लै बहस/पैरवी चल्दैछन् । काँग्रेस नेपालमा दलीय परम्पराको सबैभन्दा प्राचीन र वर्तमान राजनीतिमा सबैभन्दा ठूलो पार्टी हो । तसर्थ उक्त दलले सरकारको नेतृत्व गर्र्दै गर्दा नागरिकले विविध आशा लिनु स्वभाविकै हो । काँगे्रसको नेतृत्वको विषयमाथि उसका नितान्त शुभेच्छुक, आममतदाता, सहृदयी आलोचक अनि समर्थन वा आलोचनासमेत नगर्ने आम नागरिकलाई खास महìव रहन्छ । किन कि सरकारको नेतृत्व अनि काम गराईका कारण पार्टीहरूमाथि विख्यात विशेषता सहित पुनःनिर्माण वा झन् कमजोर अनि आलोचित हुनुपर्ने मोडसमेत आउन सक्छ । नयाँ प्रधानमन्त्रीका लागिसमेत यस्ता चुनौती र अवसरको बहार आएको छ ।

चुनौतीका चाङ
उहाँको पार्टीले पटक/पटक सत्ता सञ्चालन गर्ने जिम्मेवारी पायोे । केही सामान्य बर्हिगमन बाहेक बहुदलीय व्यवस्थाको पुनस्र्थापनादेखि निरन्तर शासनको बाघडोर सम्हाल्यो । उहाँ स्वयं तीन वर्षभन्दा बढी गृहमन्त्री अनि तीनपटक प्रधानमन्त्री बन्नुभयो । विश्वका अन्य कतिपय देशले आर्थिक, सामाजिक, सांस्कृतिक विकासका नयाँ तथा आश्र्चयजनक आयामहरू निर्माण गरे । छिमेकी भारत र चीन उदीयमान अर्थतन्त्र तथा सामरिक शक्तिका अगुवा भए । थाइल्याण्ड, भियतनाम, ताइवान, मलेसिया जस्ता छिमेकीहरूले गरेको आर्थिक प्रगतिलाई ‘टाइगर इकोनोमी’को संज्ञा दिन थालियो । विगत २५ वर्षमा थाइल्याण्डसँग नेपालको मुद्रा विनिमय दर लगभग २० गुनाले कमजोर बन्यो । करिब ५० वर्ष पहिले नेपालभन्दा कमजोर अर्थतन्त्र भएको दक्षिण कोरियामा आज ५० हजार अमेरिकी डलरकै हाराहारी प्रतिव्यक्ति आय छ । स्थापनाको ४० वर्षको हाराहारीमा सिंगापुरमा ८२००० डलरको प्रतिव्यक्ति आय छ । हामी सन् २०२० सम्ममा कसरी अल्पविकसित देशबाट स्तरोन्नति गर्नेे अथवा १००० डलरको आयस्तर कायम गराउने भन्ने बहसमा छौँ । उक्त देशहरूले प्रगतिको गति लिएको लगभग पछिल्लो २५ वर्षको समय हामी भने बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, कुशासन, बेथितिहरूको सघन पर्यायवाची बन्दै गयौँ । यस्ता अशुभको पछाडि गलत राजनीति र असफल दलहरू नै मुख्य जिम्मेवार हुन् । उहाँको पार्टीले सबैभन्दा लामो समय सरकार चलाएकाले उक्त पार्टी सबैभन्दा बढी दोषी अवश्य देखिन्छ ।
उहाँलाई पार्टी्भित्र र बाहिरसमेत विभिन्न विषयमा कडा आलोचना गरिन्छ । उहाँ यस्तो संवेदनशील समयमा प्रधानमन्त्री बन्नुभएको छ कि उहाँमाथि लागेका तमाम आरोपका विरुद्धमा काम गरेर देखाउने मौका प्राप्त भएको छ । यो प्रधानमन्त्रीत्वसँग उहाँलाई प्रजातन्त्रको सुदृढीकरणमा निरन्तर इच्छुक र प्रतिबद्ध रहेको सबुत दिने मौका आएको छ । सबैलाई गलत प्रमाणित गर्दै प्रजातन्त्रको सच्चा सेनानी भएको प्रत्याभूति गराउनु पर्ने दायित्व थपिएको छ ।

दायित्व र दबाब
२०१५ सालको चुनावमा दुई तिहाई बहुमत अनि बहुदलीय व्यवस्थाको समयमा दुई पटकसम्म स्पस्ट बहुमत प्राप्त काँग्रेस आज बहुमतविनाको पहिलोे दलमा सीमित छ । भरखरै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काँग्रेस र एमालेले अंकगणितका हिसाबमा झण्डै÷झण्डै समान स्थितिको विजय पाए । तर गुणात्मक र निर्णायक तहमा एमालेले काँग्रेसलाई निकै पछि पा¥यो । अत्यधिक संख्यामा मतादाता रहेका अनि सचेत र शिक्षित मतदाताको बाहुल्य भएका तहहरूमा एमालेको अधिक अग्रता देखियो । अहिले विश्व राजनीतिको प्रवाह पनि साम्यवादी कम्युनिस्टभन्दा पँुजीवादी शक्तितिर ढल्केको छ । सन १९७० तिरको दशकमा ४० हाराहारीको देशमा विद्यमान कम्युनिजम आज पाँच राष्ट्रमा खुम्चियो । अधिकांश वुद्धिजीवी र लेखकहरूको समूह समेत कम्युनिजमका सिद्धान्त र दलप्रति उष्ण उछित्तो काढ्नुहुन्छ । जर्ज ओरेलको ‘एनिमल फार्म’ नामक कृतिलाई कम्युनिजममाथिको सभ्य र भव्य कटाक्ष मानिन्छ । वर्तमान अमेरिकन राजनीतिमा रिपव्लिकनलाई गाली गर्न जियोफ्री क्यावासर्भिसको ‘रुल एण्ड रुईन’, माईक लोफग्रिनको ‘पार्टी इज ओभर’देखी क्रिस मुनीको ‘द रिपव्लिकन ब्रेन’ जस्ता पुस्तकहरूको बिगबिगिले संसारभर कब्जा जमाउदैछ । ती सबै पूर्वाग्रही बहसको उदेश्य संसारबाट कम्युनिस्ट भावना र सिद्धान्तमा आधारित शक्तिलाई क्षय गर्दै पुँजीवादी शक्तिको वकालत गर्नेहरूको संरक्षण गर्नु हो । यस्तो अन्तराष्ट्रिय दबदबा, नेपालका कम्युनिस्टहरूको फाटो अनि थुप्रै पटकका निर्वाचनमा बहुमत हुँदासमेत पार्टी लोकप्रिय बन्न नसकेको कारण मनन गर्नुपर्छ । लोकप्रियता प्राप्त गर्न नयाँ नीति र प्रायोगिक कार्यक्रम दिनुपर्छ । आम नागरिकसमेतको अपेक्षा यस्तै छन्, सायद उहाँको दलको पनि आशा समान हुनुपर्छ ।

अपेक्षा र अवसर
संविधान निर्माणमा केही मधेशवादी दलहरूका असन्तुष्टिहरू छन् । अर्गा्निक र आगन्तुक मागहरू छुट्याउनुपर्छ । आदिवासी मधेशी समुदायका मागबाट पराई पाहुनालाई सशक्तिकरण गर्ने आशयका सौदाबाजीलाई भिन्न गर्दै संशोधनको वातावरण बनाउनुपर्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन साथै माघ मसान्तसम्ममा प्रदेशसभा तथा केन्द्रीय संसद्को समेत निर्वाचन गराएर देशलाई निकास दिनुपर्छ । भूकम्प पीडितहरूलाई तत्काल आधारभूत अभिभावकत्व प्रदान गर्नुपर्छ । देशभर बाढी पीडितको पनि आवश्यकता र आशा समान छ । संघीयतालाई संस्थागत गरी परिवर्तित मुद्दाको कार्यान्वयन अर्को चुनौती बन्नेछ । अहिले पनि संघीयतामा स्थानीय तह, प्रदेश तथा केन्द्रका क्षेत्राधिकार तय गर्ने कुराहरू छन् । कर, राजस्व तथा स्रोत परिचालनका समस्या छन् । तत्काल थुप्रै नयाँ कानुन आवश्यक पर्छ । नयाँ प्रकारका प्रशासनिक अभ्यासमा सम्बन्धित निकायहरूलाई यथेष्ट जानकारी तथा आवश्यक कार्यसम्पादन शैलीको प्रचुरतासमेत छैन । यी विषयको सहजीकरणमा उहाँले सघन काम गर्नुपर्छ ।
छिमेकीप्रति सन्तुलित विदेश नीति नहुँदा देशले अमानवीय नाकाबन्दी सहनुप¥यो, यसलाई सन्तुलित बनाउनुपर्छ । चीनले विश्वबजार नियन्त्रण गर्नेगरी ओबर नामक व्यापारिक परियोजना ल्याएको छ । यसले विश्वका ७० देश, ६० प्रतिशत मानिस अनि ५० प्रतिशत कमाइलाई आकषर््िात गर्ने देखिन्छ । यसबाट देशले पाउनसक्ने अधिक सम्भावनाहरू खोतल्नुपर्छ । संविधानको सफल कार्यन्वयनमा नेतृत्वदायी र कुशल भुमिका निर्वाह गर्नुपर्छ ।
तत्कालका यी टड्कारा आवश्यकतासँगै प्रधानमन्त्रीले नागरिकका समग्र जीवनस्तर अभिवृद्धिका लागि आधुनिक र वैज्ञानिक अवधारणा ल्याउनुुपर्छ । जनतामा आश जगाउन सक्नुपर्छ । ठूलो पार्टीको कदमसमेत ठूलै हुनुपर्छ । बजेटको सही कार्यन्वयन गर्न ध्यान दिनुपर्छ । देशकोे झन्झन् बर्बादीको दिशातिर लम्कीरहेको यात्रा रोकिनुपर्छ । चरम बेरोजगारी, बेइमानी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्धि हट्नुपर्छ । नागरिकले सुख, मनोरञ्जन, न्याय, संगति, सभ्यता र सुशासन अनुभव गर्न पाउनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, पँुजी पलायन वा प्रवर्धन, सामाजिक सुरक्षा, आन्तरिक सामाजिक मानव सदभाव, सहायता, शान्ति सुरक्षा अनि अमनचयन, सडक, सञ्चार, विद्युत् र विकास जस्ता पक्षमा सकारात्मक प्रगतिको आभास हुनुपर्छ । भोकमरी, महामारी, बेथिति, सामाजिक अपराध, मानवीय विचलनमा निरन्तर कमी देखिनुपर्छ । सरकारले नियमित हैन, अपेक्षित कार्य गर्नुपर्छ । नयाँ प्रधानमन्त्रीले नयाँ कामको शुरुवात गर्नुपर्छ ।
नेतृत्व नैतिक अनि नागरिक केन्द्रित भए पार्टीमाथिको नागरिक श्रद्धा भने पुनर्जागरण हुन्छ । नरेन्द्र मोदीको कारण भारतमा भारतीय जनता पार्टीले सुविधाजनक बहुमत पायो । टोनी ब्लेयरको व्यक्तित्वका कारण बेलायतमा लेवर अनि रुजभेल्टको आर्थिक तथा सामाजिक परिवर्तनको सोचका कारण अमेरिकामा डेमोक्र्याट पार्टीले नयाँ उचाइ पाए । नवाज सरिफको पार्टीमाथि पाकिस्तानी नागरिक अनि सुकीको दलमाथि म्यानमारका नागरिको अपार समर्थन ज्वलन्त उदाहरण छन् । आम नागरिकको मानस पटलमा उब्जिएको निराशालाई निमिट्यान्न पार्न प्रधानमन्त्रीले विशेष ध्यान दिनुपर्छ ।
राजनीतिमा कहिलेकाही दलहरू खराब अनि नेतृत्व अलोकप्रिय पनि हुन सक्छन् । तर देशको विकास र समृद्धिमा दलीय व्यवस्था अनि राजनीतिक नेतृत्वको अगुवाइको विकल्प खोज्न सकिँदैन र मिल्दैन । खराब दलको सट्टा राम्रा दल र खराब नेताको सट्टा राम्रा नेताको विकास नै एउटै अन्तिम विकल्प हो । काँग्रेस ठूलो दल भएकाले प्रधानमन्त्रीले नेपालको राजनीतिक परम्परामा ठूलै परिवर्तन र नजिर स्थापित गर्नुपर्छ । जनताका लागि राजनीति गर्ने मान्यता तथा व्यवहार निर्माण गर्न अनुकरणीय भूमिका प्रदर्शन गर्न सक्नुपर्छ । सबल देश निर्माणमा नवीन सोच र परिवर्तनकामी कदम ल्याउन नसके उहाँसमेत राजनीतिमा अविस्मरणीय बन्नसक्ने चुनौती रहन्छ । (गोरखापत्रबाट)

– See more at: http://www.akhabardainik.com/2017/06/13/93241#sthash.56r0NjAD.dpuf

मा प्रकाशित

यसमा तपाइको मत

Uncategorized बाट अन्य

सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका इच्छाराज तामाङ दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको...

एमालेकाे गढ धुलिखेल वडा नं ८ एमालेमा संगठित हुन जनताकाे आकर्षण

काभ्रे- धुलिखेल नगरपालिकाकाे वडा नं ८ मा नेकपा एमालेकाे भेला सम्पन्न भएकाे छ । एमाले काभ्रे जिल्ला कमिट अध्यक्ष अशाेक ब्याञ्जुकाे प्रमुख अातिथ्यतामा भेला सम्पन्न भएकाे हाे । भेलामा १६० जना भन्दा बढि अगुवा...

प्रधानमन्त्रीबाट अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास

काठमाडौँ, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएका हो । नेपाल...

जेठको पहिलो हप्ता एकताको बाँकी काम सकिन्छः महासचिव पौडेल

काठमाडौं, २०७६ जेठ १ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जेठ तीन गते एकताको बाँकी काम सकिने दाबी गरेका छन् । राष्ट्रिय काठमाडौमा युवा संघ २९ औं स्थापना दिवसको कार्यक्रममा पौडेलले तीन...

रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला

काठमाडौ ।   जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले...

मन्त्री अधिकारीसहित सातै जनाको निधन

ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो ।...

नेपाल नगरपालिका संघको अध्यक्षमा अशोककुमार व्याञ्जु, उपाध्यक्षमा ढुंगाना

नेपाल नगरपालिका संघको अध्यक्षमा अशोककुमार व्याञ्जु निर्वाचित भएका छन् । राजधानीमा भएको छैठौँ राष्ट्रिय अधिवेशनबाट धुलिखेल नगरपालिका मेयर व्याञ्जुको अध्यक्षता ३९ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भए । साथै अधिवेशनबाट उपाध्यक्षमा बेलकोगढी नगरपालिकाकी उपमेयर...

अग्निवाबाँण पत्रकारिता पुरस्कार चर्चित पत्रकार किरण मरहठालाई

अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवाबाँण पत्रकारिता पुरस्कार–२०१७’ चर्चित पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत मरहठालाई सो पुरस्कार प्रदान गर्न...

बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपतिद्धारा दुःख व्यक्त, अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

देशका बिभिन्न ठाँउमा बाढी र पहिरोले क्षती गराईरहेको वेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटघाट भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । अविरल वर्षापछिको बाढीपहिरो...

भरतपुरमा देवी ज्ञवाली र रेणु दाहालको महाभिड्न्त अब कसले मार्ला बाजी ?

बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको बिवादका कारण रोकिएको भरतपुर महानगरपालिकामा अहिले मतदान भएको छ । लामो समय बिवादमा रोकिएको निर्वाचन हुने भए संगै अहिले सवैको ध्यान चितवनतिर गएको छ । भरतपुर...