मुख्य अपडेट
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भू-भागका...
...विस्तृतमा पढ्नुहोस्नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसका अवसरमा आज नेकपा एमाले राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गर्दैछ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीलगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने जनाएका छन् । १९८१ साल असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा...
...विस्तृतमा पढ्नुहोस्बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो
काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ। त्यसैगरी मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट बढेर ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ३६५...
...विस्तृतमा पढ्नुहोस्इमानदार नेतृत्व, सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी नीतिको आवश्यकताः लुईटेल
काठमाडौं। प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले देशको वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा धारणा सार्वजनिक गरेका छन्। एक सार्वजनिक अभिव्यक्तिमा डा. लुईटेलले विगतका राजनीतिक नेतृत्वहरूले देश र जनताको हितमा अपेक्षित काम गर्न नसकेको आरोप लगाए। उनका अनुसार देशमा सुशासन, विकास र जनजीविकाका सवालमा नेतृत्व असफल भएको छ। उनले प्रत्येक नेपाली नागरिकको गास, बास र कपास सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व...
...विस्तृतमा पढ्नुहोस्वैदेशिक रोजगार ठगीविरुद्ध अनलाइनबाटै उजुरी
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित भएका श्रमिकले अब उजुरी दिन काठमाडौं पुगिरहनुपर्ने बाध्यता हटेको छ। सरकारले वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलको औपचारिक शुभारम्भ गर्दै यसले पीडितलाई घरबाटै न्यायको पहुँच दिलाउने विश्वास व्यक्त गरे। अहिलेसम्म वैदेशिक...
...विस्तृतमा पढ्नुहोस्बेस्ट पुलिस अफ दी मन्थबाट भुजेल सम्मानित
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (ASI) विक्रम भुजेल २०८३ साल असार महिनाको “Best Police of the Month” बाट सम्मानित हुनुभएकोमा छ। प्रहरी सहायक निरीक्षक भुजेल अपराध अनुसन्धानमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी अधिकृतका रूपमा परिचित हुनुहुन्छ। विशेषगरी सूचना सङ्कलनदेखि जटिल घटनाको अनुसन्धानसम्म उत्कृष्ट नेतृत्व र व्यावसायिक दक्षता प्रदर्शन गर्दै आउनुभएको छ। उहाँले असार महिनामा काठमाडौं उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण,...
...विस्तृतमा पढ्नुहोस्प्रतिपक्षलाई पेलेर अघि बढे सरकार नटिक्ने महासेठको दाबी
काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्ने सरकार लामो समय टिक्न नसक्ने दाबी गरेका छन । जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक सरकारले सबै दलसँग सहकार्य गरेर जनहितमा काम गर्नुपर्ने बताए । सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सत्ता पक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले देश कुनै दलको...
...विस्तृतमा पढ्नुहोस्आज अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौ । देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ । हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...
...विस्तृतमा पढ्नुहोस्साउने सङ्क्रान्तिदेखि नयाँ करको भार, गरिब जनता मारमा पर्ने लुइटेलको दाबी
काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुइटेलले साउने सङ्क्रान्तिदेखि लागू भएका विभिन्न करका व्यवस्थाले आम नागरिक, विशेषगरी गरिब तथा मध्यमवर्गीय जनतालाई थप आर्थिक भार पर्ने बताएका छन्। बुधबार एक धारणा सार्वजनिक गर्दै अध्यक्ष लुइटेलले शिक्षा, स्वास्थ्य, विद्युत, साझा सवारी सेवा (शेयर्ड राइडिङ) तथा शेयर कारोबारमा थप कर लगाइएकाले जनजीवन अझ कठिन बन्ने दाबी गरे। उनले सरकारले राजस्व वृद्धि गर्ने नाममा जनतामाथि करको बोझ थपेको...
...विस्तृतमा पढ्नुहोस्पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाई २४ घण्टाभित्रै
काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ कार्य सम्पन्न भएको छ। साथै अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई...
...विस्तृतमा पढ्नुहोस्





