भोली देखि निजी अस्पतालमा उपचार महँगिने, सरकारले ३% स्वास्थ्य समता शुल्क लागू गर्दै

काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक ऐन, २०८३ मार्फत लागू गरेको नयाँ व्यवस्थाअनुसार यो शुल्क प्रत्यक्ष रूपमा बिरामीबाट असुल गरिनेछ। आर्थिक ऐनको दफा १७ तथा अनुसूची–८ अनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट लिने सबै प्रकारका सेवा शुल्कमा...

...विस्तृतमा पढ्नुहोस्

पाँचौँ स्थापना दिवस: आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका सशक्त बनाउन खड्काको आह्वान

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघका सचिव गौतम खड्काले महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। स्थापना दिवसका अवसरमा जारी शुभकामना सन्देशमा सचिव खड्काले राष्ट्रको आर्थिक समृद्धि, उत्पादनमूलक अर्थतन्त्रको निर्माण तथा साना, घरेलु, लघु एवं मझौला उद्योग–व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण...

...विस्तृतमा पढ्नुहोस्

भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं । नेपाल आयल निगमले भोलि देखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले पूरा सिलिन्डर बजारमा पठाउन लागेको हो। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ताले नयाँ व्यवस्था लागू भएसँगै अब उपभोक्ताले १४.२ केजीको पूरा ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न...

...विस्तृतमा पढ्नुहोस्

मिडिया हाउसको गेटमै गाडी राखेर पत्रकारलाई अवरोध, दोषीमाथि कारबाही गर्न महासंघको माग

  काठमाडौं । काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज (असार २९ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको हो । विज्ञप्ति अनुसार आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारी साधन पार्किङ गरी पत्रकारहरूलाई आवतजावत...

...विस्तृतमा पढ्नुहोस्

माविलुङ्ग ईनर्जीको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । माविलुङ्ग ईनर्जी लिमिटेडको वार्षिक साधारणसभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल बैंक्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष होमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा सोही अवधिको वार्षिक वित्तीय विवरणसमेत पारित गरेको छ। अनुमोदित वित्तीय विवरणमा वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा...

...विस्तृतमा पढ्नुहोस्

निःशब्द शब्द’ कविता संग्रह लोकार्पण

ललितपुर  । साहित्यकार श्रीराम पाण्डेद्वारा लिखित नवीन कविता संग्रह ‘निःशब्द शब्द’ को शनिबार ललितपुरमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व रहेको थियो भने वरिष्ठ कवि शैलेन्द्र शाकार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रा. डा. निमोही व्यास, ज्ञानुवाकर पौडेल, प्रा. डा. भरतकुमार भट्टराई, विमल भौकाजी लगायतका साहित्यकार, समालोचक, लेखक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय...

...विस्तृतमा पढ्नुहोस्

नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, यो धेरै टिक्दैनः शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका...

...विस्तृतमा पढ्नुहोस्

शैक्षिक परामर्श संस्थामा कडाइः विदेशी लगानी बन्द, मेला वा प्रदर्शनीमा रोक

काठमाडौँ । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम...

...विस्तृतमा पढ्नुहोस्

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाई प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौँ  । प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ। आज बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागिएको संसद सचिवालयले जनाएको छ। बैठक आज बिहान ९ः३० बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने तय भएको छ। बैठकले प्रस्तावित उम्मेदवारको सुनुवाइ प्रक्रिया अगाडि बढाउने र आवश्यक...

...विस्तृतमा पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण र रायमाझीसहित मुख्य अभियुक्तहरू दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका मुख्य अभियुक्तहरूलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेज बहादुर खड्काको इजलासले आइतबार उक्त मुद्दामा फैसला गर्दै संगठित ठगी, लिखत किर्ते र राज्य विरुद्धको कसुरमा संलग्नहरूलाई सजाय निर्धारणका लागि दोषी ठहर गरेको हो । अदालतको आदेशमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने...

...विस्तृतमा पढ्नुहोस्