बैदेशिक रोजगारी
जनवरीमा दक्षिण कोरियाको बेरोजगार दर घट्यो
सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ । गत वर्ष रोजगारीका लागि नयाँ आवेदन...
...विस्तृतमा पढ्नुहोस्संगीतकार सञ्जय आचार्यको नयाँ गीत सार्वजनिक
युवा संगीतकार सञ्जय आचार्यले ‘सधैं साथ….’बोलको गीत सार्वजनिक गरेका छन् । शब्द रचना दिपक पाठकको रहेको गीतमा स्वर चर्चित गायक शिव परियारको रहेको छ। विगतमा एबिसी टेलिभिजनमा काम गरेका संगितकार आचार्य हाल अष्ट्रेलियामा बस्दै आएका छन् । श्रोताहरुले आफ्नो गीत रुचाउने संगितकार आचार्यको अपेक्षा रहेको छ । गीत सुनी सुझाव दिन अनुरोधसमेत गरेका छन् । ...
...विस्तृतमा पढ्नुहोस्संघले आयोजना गरेको अभिमुखीकरण तालिममा पहिलो दिनमै ६ सय जनाको सहभागीता
काठमाडौं २०, पुस । वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको एफ इ आई एम एस प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा व्यवसायीहरुको उत्साहजनक सहभागीता रहेको छ । आज पहिलो दिन बिहान र दिउ“सो दुई सिफटमा ६०० जना भन्दा बढीको सहभागीता रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए । व्यवसायीलाई अनलाईन सिष्टम प्रयोग सम्बन्धी जानकारी गराई काम गर्न सजिलोहोस भन्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको...
...विस्तृतमा पढ्नुहोस्म व्यवसायी संग सहकार्य गरेर अगाडी बढछु —श्रम मन्त्री यादव
काठमाण्डौ ८,मंसिर । नवनियूक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि टोली बिच भेटघाट भएको छ । आइतबार नवनियुक्त मन्त्री यादवलाई संघको प्रतिनिधीमण्डले मन्त्रालय पुगेर बधाई तथा शुभकामना दिए । भेटघाट कार्यक्रममा मन्त्री यादवले विगतमा जे भए पनि आगामी दिनमा छलफल र सहकार्य गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान...
...विस्तृतमा पढ्नुहोस्वैदेशिक रोजगारीमा एक दशकमा ज्यान गुमाउनेको संख्या ७ हजार भन्दा बढी
काठमाडौं , ५ असार । वैदेशिक रोजगार जानु नेपाली यूवायूवतीको लागी बाध्यता हो । स्वदेशमा रोजगारीको अवसर कम भएकै कारण रोजगारीको खोजिमा खाडी लगायत अन्यमा मुलुकमा नेपालका तन्नेरीहरु रगत पसिना बगाउन बाध्यछन् । ती नौजवान तन्नेरीहरुले दुख गरेर कमाएर पठाएको रेमिटयान्स् बाट नै नेपालको अर्थतन्त्र चलाएमान हुँदै आएको छ । तर अर्कोतिर रेमिटयान्स आउने कुरा सुखद भए पनि दैनिक जसो यूवाहरुको बाक्सका लास आउने कुरा...
...विस्तृतमा पढ्नुहोस्रोजगार व्यवसायी संघको महासचिवमा सरोज पोखरेल मनोनयन
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रिक्त महासचिव पदमा सरोज पोखरेललाई मनोनयन गरेको छ । संघको शुक्रबारको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष रहेका पोखरेललाई संघको आगामी असारको २७ गते हुने निर्वाचनमा मञ्चले अध्यक्षको उम्मेदवार बनाउने लगभग पक्का छ । ...
...विस्तृतमा पढ्नुहोस्यस कारण अध्यक्ष बन्ने पालो मेरो — गैरे
काठमाडौं ३१ जेष्ठ । वैदेशिक रोजगार व्यवसायीहरुको साझा संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको मिति नजिकिदै गर्दा अध्यक्षका दावेदारहरु आन्तरिक रणनीतिमा लागेका छन् । तत्कालिन एमाले निकट व्यवसायीहरुको संगठन प्रगतिशिल वैदेशिक रोजगार मन्च , नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, तत्कालीन माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका व्यवसायीहरु कोठे बैठक देखी नेताहरुको घरदैलो सम्म पुग्न थालेका छन् । यस्तै कांग्रेस...
...विस्तृतमा पढ्नुहोस्युवा पुस्ता विदेश जाँदा परिवारमा विचलन — प्रचण्ड
काठमाडौं, बैशाख ३१ । नेकपाका अध्यक्ष प्रचण्डले देशमा रहेका युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा जानबाट नरोके परिवार र समाज नै विघटन हुने खतरा बढिरहेको बताएका छन् । अन्तराष्ट्रिय प्रांगारिक कृषि सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले देशको स्रोत साधनको अधिकतम प्रयोग गर्दै नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताए । वैदेशिक रोजगारीले देशमा आम्दानी भन्दा बढी समस्या सिर्जना गर्न सक्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै प्रचण्डले...
...विस्तृतमा पढ्नुहोस्मलेसियामा बस दुर्घटना दुई नेपाली कामदारको मृत्यु
क्वालालम्पुर । मलेसियामा बस दुर्घटनामा परी दुई नेपालीसहित ८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । क्वालालम्पुर अन्तर्रा्ष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हु“दा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने नेपालीमा सर्लाहीका जगनाथ सिंह थारु र बर्दियाका रामु चौधरी रहेका छन् । उनीहरु मध्ये तीन जना नेपालीको अवस्था गम्भीर छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको बताईएको...
...विस्तृतमा पढ्नुहोस्कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न विभागको पत्राचार
काठमाण्डौ – लामो समय देखि रोजगारीको लागी बन्द भएको मलेशिया अन्तत ढिलै भए पनि खुल्ने भएको छ । मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलि सोमबारदेखि श्रम स्वीकृति पाउने बताईएको छ । मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्राचार गरेको वैदेशिक रोजगार बिभागले जानकारी दिएको छ । मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि १० महिनादेखि...
...विस्तृतमा पढ्नुहोस्





