माविलुङ्ग ईनर्जीको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । माविलुङ्ग ईनर्जी लिमिटेडको वार्षिक साधारणसभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल बैंक्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष होमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा सोही अवधिको वार्षिक वित्तीय विवरणसमेत पारित गरेको छ। अनुमोदित वित्तीय विवरणमा वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा...

...विस्तृतमा पढ्नुहोस्

ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी घोषणा

काठमाडौं । पर्यटकीय राजधानीका रूपमा परिचित ठमेलमा यसपटक नेतृत्व चयनको बहससँगै नयाँ पुस्ताका व्यवसायीहरूको सक्रियता पनि बढेको छ। यही क्रममा लामो समयदेखि ठमेलको पर्यटन व्यवसायमा क्रियाशील युवा व्यवसायी रमेश थापा ले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार २७ गते हुने परिषद्को वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयनलाई लक्षित गर्दै उम्मेदवारी सार्वजनिक गरेका थापाले आफू केवल पदका लागि नभई...

...विस्तृतमा पढ्नुहोस्

पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं । नेपाल आयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानुनी व्यवस्था गरिएको छ ।पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो । अत्यावश्यक पेट्रोलियम पदार्थको...

...विस्तृतमा पढ्नुहोस्

काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ।बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा...

...विस्तृतमा पढ्नुहोस्

किसानको हित नै हाम्रो हित हो : धान दिवसमा डा. तारानाथ लुईटेलको शुभकामना

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५ का अवसरमा सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले असार महिना “मानो रोपेर मुरी फलाउने” समय भएकाले देशभरका किसानहरू उत्साहका साथ धान रोपाइँमा जुटिरहेको उल्लेख गरेका छन्। किसान राष्ट्रको मेरुदण्ड भएकाले जुनसुकै सरकारले उनीहरूको अपेक्षा र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने...

...विस्तृतमा पढ्नुहोस्

आयल निगमको ट्यांकरबाट भयो पेट्रोल चोरी

काठमाडौं । नेपाल आयल निगमको पेट्रोलियम ढुवानी गर्दै आएको एउटा ट्यांकरबाट पेट्रोल चोरी भएको छ । निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको हो । निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्यांकर भारतीय आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते विराटनगरस्थित डिपो परिसरमा आएको...

...विस्तृतमा पढ्नुहोस्

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा असार २२ गते, हकप्रद प्रस्ताव पारित गर्ने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त कम्पनीले असार २२ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावमा हकप्रद निष्काशनको प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धि योजना अनुसार नियामक निकायको अन्तिम स्वीकृतिको प्राप्त भएको अवस्थामा हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा लैजान लागेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३९ करोडको २५ प्रतिशतले हुन आउने ३४ करोड ९४ लाख रुपैयाँ बराबरको...

...विस्तृतमा पढ्नुहोस्

हामी केवल व्यवसायी मात्र होइनौँ, राष्ट्र निर्माणका साझेदार पनि हौँः अध्यक्ष ठूलोबाबु श्रेष्ठ

काठमाडौं। ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठले ग्रिल तथा स्टिल व्यवसायलाई संगठित, मर्यादित, सुरक्षित तथा प्रविधिमैत्री बनाउने अभियानमा महासंघ दृढतापूर्वक लागिरहेको बताएका छन्। ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्लाको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायमैत्री नीति निर्माण तथा राज्यका सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न महासंघ निरन्तर...

...विस्तृतमा पढ्नुहोस्

स्पार्क हाइड्रोइलेक्ट्रिकको २६औँ साधारणसभा सम्पन्न

काठमाडौं ।  स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले कम्पनीको वित्तीय अवस्था, संस्थागत सुदृढीकरण तथा भावी लगानी रणनीतिसँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै कम्पनीको समग्र प्रगति, कार्यसम्पादन तथा जलविद्युत् क्षेत्रमा हासिल भएका उपलब्धिहरूको समीक्षा गरेको छ। साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखापरीक्षक...

...विस्तृतमा पढ्नुहोस्

व्यवसायीको विश्वास र साथ पाएर चुनाव जिते सबै प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उत्सव इटेनीको दाबी

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६ औँ वार्षिक साधारणसभा तथा १७ औँ राष्ट्रिय सम्मेलन आगामी असार ५ र ६ गते हुने भएको छ। सम्मेलनमार्फत नयाँ नेतृत्व चयन हुने क्रममा अध्यक्ष पदका उम्मेदवार उत्सव इटेनीले पेट्रोलियम व्यवसायीका वर्षौंदेखि थाँती रहेका समस्याको समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। इटेनीले नेपालभरका पेट्रोलियम व्यवसायी विभिन्न चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै व्यवसायीको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन...

...विस्तृतमा पढ्नुहोस्