व्यवसायीको विश्वास र साथ पाएर चुनाव जिते सबै प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उत्सव इटेनीको दाबी

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६ औँ वार्षिक साधारणसभा तथा १७ औँ राष्ट्रिय सम्मेलन आगामी असार ५ र ६ गते हुने भएको छ। सम्मेलनमार्फत नयाँ नेतृत्व चयन हुने क्रममा अध्यक्ष पदका उम्मेदवार उत्सव इटेनीले पेट्रोलियम व्यवसायीका वर्षौंदेखि थाँती रहेका समस्याको समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। इटेनीले नेपालभरका पेट्रोलियम व्यवसायी विभिन्न चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै व्यवसायीको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन...

...विस्तृतमा पढ्नुहोस्

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल ले मुलुकको चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कर्पोरेट बिजनेस समिट तथा अवार्ड २०८३ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वव्यापी आर्थिक उतारचढाव, क्षेत्रीय चुनौती तथा आन्तरिक संरचनागत समस्याका बाबजुद उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा सेवा क्षेत्रका उद्यमीहरूले देशको आर्थिक...

...विस्तृतमा पढ्नुहोस्

निजी क्षेत्रमैत्री नीति र आर्थिक सुधारमार्फत अर्थतन्त्रलाई गति दिने सरकारको लक्ष्यः अर्थमन्त्री वाग्ले

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो अवसरमा उद्योगी व्यवसायीले लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको औंल्याए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानीकर्ताको मनोबल बढाउने...

...विस्तृतमा पढ्नुहोस्

पूर्वाधार क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनु, प्रवर्द्धन गर्नु र सुरक्षा प्रत्याभूति दिनु सरकारको दायित्व होः अध्यक्ष तामाङ

काठमाडौं । बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई पूर्वाधार विकासका दृष्टिले विगतका वर्षहरूको तुलनामा बढी प्रगतिशील भएको टिप्पणी गरेका छन्। सरकारले पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै केही नीतिगत सुधार गरेको भए पनि ती व्यवस्थाको प्रभावकारी कार्यान्वयन र निर्माण व्यवसायीका पुराना समस्याको समाधान अझै आवश्यक रहेको उनको भनाइ छ। पत्रकार सँगको कुराकानीमा अध्यक्ष तामाङले विगतका बजेटहरूको तुलनामा यस वर्षको बजेटले...

...विस्तृतमा पढ्नुहोस्

ओभरलोडले सडक खाइरहेको छ, अब नियन्त्रणमा कडाइ गरौँ : ट्रक व्यवसायी महासङ्घ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण र सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड नियन्त्रणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन्। मङ्गलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै अध्यक्ष बानियाँले राज्यले अरबौँ रुपैयाँ खर्च गरेर निर्माण गरेका सडक र पुलहरू ओभरलोडका कारण समयअगावै क्षतिग्रस्त भइरहेको बताए। उनका अनुसार सडक पूर्वाधारलाई दीर्घकालसम्म टिकाउ बनाउने हो भने क्षमताभन्दा बढी भार बोक्ने...

...विस्तृतमा पढ्नुहोस्

नेप्से लाग्यो ओरालो, ४ अर्ब ४ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको छ।अघिल्लो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको थियो। यसदिन ३५५ स्क्रिप्सको १ करोड ७ लाख ८ हजार  ५९६ कित्ता सेयर ४ अर्ब  ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३१ करोड मूल्य बराबरको कारोबार भयो। सिद्धार्थ...

...विस्तृतमा पढ्नुहोस्

एकै दिन तोलामा ५ हजार रुपैयाँले उकालो लाग्यो सुन, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकै दिन प्रतितोला पाँच हजार रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। आइतबार यही सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई...

...विस्तृतमा पढ्नुहोस्

लोअर इर्खुवा हाइड्रोपावरको सातौँ वार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव स्वीकृत

काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाट क्षमताको लोअर इर्खुवा जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने बाटो खुला गरेको छ। कम्पनीको सातौँ वार्षिक साधारणसभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदन गरेसँगै कम्पनीले सार्वजनिक लगानी आकर्षित गर्ने तयारीलाई औपचारिकता दिएको हो। कम्पनीका अध्यक्ष कुमार पाण्डेको सभापतित्वमा जेठ २९ गते काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन,...

...विस्तृतमा पढ्नुहोस्

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५९ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५९ औं बार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा भव्य रुपले सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष प्रदिप लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले ९.५० प्रतिशत बोनस सेयर ०.५० प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश पारित गरेको छ । त्यसै गरी कम्पनीको प्रबन्धपत्र र निमायवली पनि सभाले स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ...

...विस्तृतमा पढ्नुहोस्

इप्पान चुनावः भ्लोनको नेतृत्वमा प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनको मिति नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ। आगामी जेठ २९ गते हुने साधारण सभालाई लक्षित गर्दै वर्तमान उपाध्यक्ष उत्तम लामा भ्लोनले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। उनले आगामी तीन वर्षका लागि ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै ऊर्जा क्षेत्रको रूपान्तरणका लागि महत्वाकांक्षी योजना अघि सारेका छन्। इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा...

...विस्तृतमा पढ्नुहोस्