रोचक प्रसंग
चार वर्षयताकै उच्च अंकमा टिक्यो शेयर बजार, साढे १८ अर्बको कारोबार
शेयर बजार परिसूचक नेप्से ४ वर्षयताकै उच्च विन्दुमा टिक्न सफल भएको छ । अघिल्लो वर्षको ‘स्विङ’मा ३०००.८१ विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार गिरावट आएर २५ सयभन्दा मुनि झरेको थियो । जुलाइ महिनाको शुरूआतसँगै बढ्न थालेको शेयर बजारले आफ्नो अघिल्लो ‘स्वीङ’लाई बिट गरेको हो । २०२१ अगस्ट १८ मा नेप्से ३१९८.१९ विन्दुमा बन्द भएर नेप्सेले ‘डेली क्लोजिङ’को बेसिसमा ‘अलटाइम हाई’ बनाएको थियो । ...
...विस्तृतमा पढ्नुहोस्हुम्लामा बिहानैदेखि हिमपात, किसानलाई राहत
हुम्ला। शुक्रबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। जिल्लाको दक्षिण भेग सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा भने बिहानैदेखि वर्षा भएको छ। हिमपात भएसँगै नेपालगन्ज , सुर्खेतबाट हुने हवाइ उडानसमेत प्रभावित भएको छ। तारा, सीता, समिट एयरलाइन्सको उडान रोकिएका छन्। रातभर वर्षा भए पनि...
...विस्तृतमा पढ्नुहोस्इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा
काठमाडौँ । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष गरिरहेका छन । विशेषगरी विद्युतीय गाडी निर्माता ‘टेस्ला’ को सेयर मूल्यमा देखिएको निरन्तर गिरावट र सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ को पनि ह्वात्तै घटेको बजार मूल्यांकनले इलन मस्कको ‘दक्षता’ माथि प्रश्न उठेको छ । हरेक...
...विस्तृतमा पढ्नुहोस्आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि...
...विस्तृतमा पढ्नुहोस्हमासले शनिबार बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा
काठमाडौं । इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि...
...विस्तृतमा पढ्नुहोस्श्रीमानसँग अलग भइन् एलिना, ९ महिनामै सम्बन्धविच्छेद
काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक...
...विस्तृतमा पढ्नुहोस्भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औं स्थानमा
काठमाडौं । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ । व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ । गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो ।...
...विस्तृतमा पढ्नुहोस्कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको हुन्छ । मन्टेसरीमा छोराछोरी पढाउनुलाई ठूलै उपलब्धि ठान्ने गरेका छन् अभिभावकले पनि । किनभने त्यो परम्परागत शिक्षाभन्दा उन्नत, वैज्ञानिक र व्यवहारिक हुन्छ । त्यस अनुरुप शुल्क पनि महंगो हुन्छ । तर, हामीले...
...विस्तृतमा पढ्नुहोस्डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । बलरलाई सहयोग गरेको पीचमा अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन बटुल्दै टीमलाई...
...विस्तृतमा पढ्नुहोस्बैंकको कालोसूचीमा परे कस्ता सुविधाबाट भईन्छ बञ्चित ? यस्ता व्यक्ति पर्छन् सूचीमा
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक खाताहरूमा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाउनुका साथै नयाँ बचत वा चल्ती खाता खोल्न पनि पाउँदैनन् । नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार देहायका अवस्थामा कुनै व्यक्ति वा...
...विस्तृतमा पढ्नुहोस्





