OK TV
वृद्धभत्ताको उमेर ७० वर्ष कायम गरिँदै
काठमाडौं । वृद्ध भत्ताको उमेर ७० वर्ष बनाइने भएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ । सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । दलित ज्येष्ठ नागरिक, साविक कर्णाली क्षेत्र, विधवा, सम्बन्धविच्छेद वा विवाह नगरेकी एकल महिलाको हकमा ६० वर्ष मा भत्ता दिइँदै...
...विस्तृतमा पढ्नुहोस्प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । ओलीलाई मेन्सन गर्दै मोदीले लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी,...
...विस्तृतमा पढ्नुहोस्सहकारी क्षेत्रमा समस्या आउनुमा सरकार पनि जिम्मेवार छ: अध्यक्ष मल्ल
काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको बताएकी छिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा आयोजित ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह समितिको कार्यक्रम बोल्दै उनले भनिन्, ‘कोरोना महामारीसँगै आर्थिक मन्दी देखियो । अर्को कुरा हामीले लुकाउनु हुँदैन सहकारीलाई निजी कम्पनी...
...विस्तृतमा पढ्नुहोस्राजावादी समूहको कुनै प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
काठमाडौं । सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरिएको जानकारी गराए । ‘यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै उनले भने । त्यस्तै, उक्त...
...विस्तृतमा पढ्नुहोस्हिउँदे अधिवेशनको ६१ दिन : ११८ घण्टा २१ मिनेटमा के-के भयो
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदै अधिवेशन आज अध्यरातबाट अन्त्य हुँदैछ । गत माघ १८ गतेबाट सुरू भएको यो पाँचौ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद सचिवालयले जनाएको छ । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ । यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये...
...विस्तृतमा पढ्नुहोस्हुम्लामा बिहानैदेखि हिमपात, किसानलाई राहत
हुम्ला। शुक्रबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। जिल्लाको दक्षिण भेग सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा भने बिहानैदेखि वर्षा भएको छ। हिमपात भएसँगै नेपालगन्ज , सुर्खेतबाट हुने हवाइ उडानसमेत प्रभावित भएको छ। तारा, सीता, समिट एयरलाइन्सको उडान रोकिएका छन्। रातभर वर्षा भए पनि...
...विस्तृतमा पढ्नुहोस्लगातार छैटौं दिन बढ्यो सेयर बजार, ११ अर्ब नाघ्यो कारोबार
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो । सेयर बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८ करोडको भयो । ९० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ९ को स्थिर...
...विस्तृतमा पढ्नुहोस्अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरे । ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ...
...विस्तृतमा पढ्नुहोस्हासोले भरिएको “फेरि रेशम फिलिली”
महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको छ। हास्यरसले भरिपूर्ण ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिनसक्ने संकेत गरेको छ। निरोज महर्जनद्वारा निर्देशित फिल्मको ट्रेलरले झण्डै १० वर्षअघि...
...विस्तृतमा पढ्नुहोस्आज ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम...
...विस्तृतमा पढ्नुहोस्





