माधव नेपालको गृहजिल्लाका समाजवादी पत्रकार प्रेस चौतारीमा फर्किए

चन्द्रपुर । नेकपा एसका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटका समाजवादी पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका छन् । चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा प्रेस चौतारीमा फर्किएका हुन् । उनले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनीसँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि चौतारीमा आएका छन् । झा...

...विस्तृतमा पढ्नुहोस्

विपी राजमार्ग मर्मत गरिदिन परराष्ट्रमन्त्रीको जापान सरकारलाई आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपी राजमार्गको पुनर्निर्माणका गरिदिन जापान सरकारलाई आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग  आज शिष्टाचार भेटवार्ता गर्दै राजमार्गको पुनर्निर्माणका गरिदिन आग्रह गरेकी हुन्। भेटमा नेपाल जापान सम्बन्धका विविध पक्ष, दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ। उनले नेपालको एक प्रमुख...

...विस्तृतमा पढ्नुहोस्

नेप्से २७०० विन्दु माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से ७ दिनपछि पुनः २७०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि गत माघ २३ गते नेप्से २७०० विन्दुभन्दा माथि बन्द भएको थियो। सोमबार नेप्से परिसूचक २९.८७ अंक बढेर २७२७.९१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.२८ अंक बढेको छ भने...

...विस्तृतमा पढ्नुहोस्

अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ। ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको...

...विस्तृतमा पढ्नुहोस्

परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच भेट भएको हो। भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो। भेटमा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी...

...विस्तृतमा पढ्नुहोस्

प्रभु साहका आठ प्रश्नमा प्रधानमन्त्रीको आक्रोश– यहाँलाई धन्यवाद छ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांसद प्रभु साहसँग आक्रोशित बनेका छन् । साहले प्रधानमन्त्रीलाई राखेका आठ प्रश्नको जवाफको सुरुमै भने, “यी उहाँका प्रश्न होइनन्, उहाँका मनमा रहेका घृणा हुन् । संसद् जस्तो गरिमामय स्थानमा यस्तो भाषा राख्दा तपाईंलाई के लाभ भयो ? भन्न मिल्छ ? तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?” लिखित जवाफको तयारीमा रहेका प्रधानमन्त्रीले भने, “ उहाँले गर्नुभएका प्रश्नमा खासै...

...विस्तृतमा पढ्नुहोस्

पाथीभरामा हिमपात

ताप्लेजुङ। गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुसमाघमा दुई पटक हिमपात भएको जानकारी राससलाई दिए । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि  पाथीभरामा आन्तरिक धार्मिक...

...विस्तृतमा पढ्नुहोस्

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली...

...विस्तृतमा पढ्नुहोस्

सरकारी र सरकारको स्वामित्वममा जागिर खाएका चुनाव लड्न नपाउने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ । स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरी सो व्यवस्था गरेको हो । निर्देशिकाको दफा ६ को उपदफा ६ मा सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा...

...विस्तृतमा पढ्नुहोस्

पुटिनले ट्रम्पलाई दिए मस्को भ्रमण गर्न निम्तो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए । दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरे । ट्रम्पले द्रुत युद्धविराम र समस्याको शान्तिपूर्ण समाधानलाई अँगालेकोमा जोड दिँदै पुटिनले युक्रेन द्वन्द्वको मूल कारणहरू हटाउने आवश्यकतालाई जोड...

...विस्तृतमा पढ्नुहोस्