OK TV
सरकारले सुशासनको आधार तयार गर्दैछ, आवश्यक कानून बनाउँछ: मन्त्री भण्डारी
काठमाडौं । उद्योग मन्त्री दामोदर भण्डारीले सरकारले सुशासनको आधार तयार बनाइरहेको दाबी गरेका छन्। एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सेवा प्रवाहको क्षेत्रमा काम गरिरहेको बताए। उनले भने, सरकारले सुशासन र रोजगारीको प्रश्नहरु अन्त्य गर्दैछ। उद्योगलाई पनि हामीले प्रविधिकेन्द्रित बनाउँदै लगेका छौं। त्यही अनुसार अहिले नीति अगाडि बढाएको छ। हामी अहिले नीति सुधारमा लागेका छौं। उद्योगको पूर्वाधार सुधार गर्दैर्छौँ। कानून सुधार गर्दैछ। उनले...
...विस्तृतमा पढ्नुहोस्ब्राण्ड एम्बासडर गुल्सनले भने, मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्ने छ !
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन् । । एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्राण्ड एम्बास्डर भए पछि क्रिकेटर झाले यस्तो बताएका हुन् । राजधानीमा एक कार्यक्रम गर्दै एभीन्यू एजुकेशन...
...विस्तृतमा पढ्नुहोस्सुनचाँदीको मूल्य वृद्धि
फागुन २ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस...
...विस्तृतमा पढ्नुहोस्रोहिणी गाउँपालिकाका अध्यक्ष यादवको गाडीमा तोडफोड
रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । रोहिणी-३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो । ...
...विस्तृतमा पढ्नुहोस्इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा
काठमाडौँ । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष गरिरहेका छन । विशेषगरी विद्युतीय गाडी निर्माता ‘टेस्ला’ को सेयर मूल्यमा देखिएको निरन्तर गिरावट र सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ को पनि ह्वात्तै घटेको बजार मूल्यांकनले इलन मस्कको ‘दक्षता’ माथि प्रश्न उठेको छ । हरेक...
...विस्तृतमा पढ्नुहोस्रासायनिक मल वितरण सहज र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटो छरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली...
...विस्तृतमा पढ्नुहोस्आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि...
...विस्तृतमा पढ्नुहोस्सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।...
...विस्तृतमा पढ्नुहोस्मन्त्रिपरिषद् बैठकका १३ निर्णय : बिमा नियमावली, २०८१ स्वीकृत
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् । बैठकले बिमा नियमावली, २०८१ स्वीकृत लगायत १३ निर्णय गरेको छ । सरकारले झण्डै २ बर्षदेखि रोकिरहेको बिमा नियामावली २०८१ स्वीकृत गरेको हो । त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट...
...विस्तृतमा पढ्नुहोस्प्रहरीमाथि हातपात गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिनुभएको छ । आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको...
...विस्तृतमा पढ्नुहोस्





