सेयर बजार वढ्यो

काठमाडौं ।  नेप्से सूचक बुधबार १.८६ विन्दुले बढेर २६८५.७३ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा समूहको सूचक सकारात्मक बनेका छन् । समग्रमा सेयर बजार साइडवेज प्रवृत्तिमा देखिएको छ । नेप्से साइवेजमा रहे पनि सेयरहरु भने धमाधम एकुमुलेसन भइरहेको देखिन्छ । २६ सयको तहमा आएपछि भने नेप्से सूचकमा खासै ठूलो...

...विस्तृतमा पढ्नुहोस्

हमासले शनिबार बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

काठमाडौं । इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । ट्रम्पपछि इजरायलका प्रधानमन्त्रीले पनि...

...विस्तृतमा पढ्नुहोस्

फागुन ४ गते संसदमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं । आगामी फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले आगामी माघ ४ गते दिउसो बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि निर्धारण गरिएको जानकारी गराएका हुन् । सभामुख घिमिरेका अनुसार प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रमका लागि यस अघि नै समूह बिभाजन भइसकेको र समूह ८ का रहेका...

...विस्तृतमा पढ्नुहोस्

श्रीमानसँग अलग भइन् एलिना, ९ महिनामै सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक...

...विस्तृतमा पढ्नुहोस्

बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण

काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर...

...विस्तृतमा पढ्नुहोस्

भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको उपाध्यक्ष राजकिशोर यादवले बताए। भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नभएको निष्कर्षसहित अन्य ५ अध्यादेश सरकारले ल्याइसकेको भएकाले आवश्यक छलफल गरेर समर्थन गर्ने निर्णय भएको बताए। जसपा नेपाल सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने निर्णायक हो। जसपा नेपाल विपक्षमा...

...विस्तृतमा पढ्नुहोस्

कमलपोखरी शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । ...

...विस्तृतमा पढ्नुहोस्

सुनको भाउ बढेर तोलाको १ लाख ७० हजार नाघ्यो

काठमाडौं । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ ।  यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर १९ सय ४५ रुपैयाँ कायम भएको...

...विस्तृतमा पढ्नुहोस्

भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औं स्थानमा

काठमाडौं । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ । व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ । गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो ।...

...विस्तृतमा पढ्नुहोस्

कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?

छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको हुन्छ । मन्टेसरीमा छोराछोरी पढाउनुलाई ठूलै उपलब्धि ठान्ने गरेका छन् अभिभावकले पनि । किनभने त्यो परम्परागत शिक्षाभन्दा उन्नत, वैज्ञानिक र व्यवहारिक हुन्छ । त्यस अनुरुप शुल्क पनि महंगो हुन्छ । तर, हामीले...

...विस्तृतमा पढ्नुहोस्