डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । बलरलाई सहयोग गरेको पीचमा अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन बटुल्दै टीमलाई...

...विस्तृतमा पढ्नुहोस्

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताए। “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक...

...विस्तृतमा पढ्नुहोस्

रोहितको शतकमा इङल्याण्डविरुद्ध भारतको सहज जित

काठमाडौं :  भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ।  गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो। त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव...

...विस्तृतमा पढ्नुहोस्

बैंकको कालोसूचीमा परे कस्ता सुविधाबाट भईन्छ बञ्चित ? यस्ता व्यक्ति पर्छन् सूचीमा

काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक खाताहरूमा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाउनुका साथै नयाँ बचत वा चल्ती खाता खोल्न पनि पाउँदैनन् । नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार देहायका अवस्थामा कुनै व्यक्ति वा...

...विस्तृतमा पढ्नुहोस्

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो।  बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...

...विस्तृतमा पढ्नुहोस्

अर्बिट इनर्जीले ५० करोडको आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख  कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा अर्बिट इनर्जीका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर...

...विस्तृतमा पढ्नुहोस्

साढे दुई खर्बले बढ्यो बैंकहरुको लगानी, शेयर धितो कर्जामा ११३ अर्ब, अन्य क्षेत्रमा कति ?

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तसम्म वित्तीय संस्थाहरुले ५४ खर्ब ३५ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । उक्त लगानी गत वर्षको सोही अवधिको तुलनामा २ खर्ब ६७ अर्ब ८७ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा बैंक...

...विस्तृतमा पढ्नुहोस्

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दर घट्यो

सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ । गत वर्ष रोजगारीका लागि नयाँ आवेदन...

...विस्तृतमा पढ्नुहोस्

रोकिएन शेयर बजारको पहिरो, कारोबार छ अर्ब ९६ करोडमा समेटियो

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार घटेसँगै...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रियसभाबाट ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि उक्त विधेयकको दफावार छलफलमा सांसद राजेन्द्रलक्ष्मी गैरेले भाग लिएकी थिइन् । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले विधायन व्यवस्थापन समितिमा लामो...

...विस्तृतमा पढ्नुहोस्