सहकारीकाे ऋण असुली सम्बन्धि मन्त्रालय र भुमि व्यवस्था विभागसँग महासंघको छलफल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ/संस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताउनुभएको छ । उहाँले सहकारी संघ/संस्थाको कर्जा असुलीलाई सहजीकरण गर्नका लागि सहकारी ऐनमा व्यवस्था भए अनुसार छिट्टै कर्जा असुली न्याधिकरण गठन र कर्जा सूचना केन्द्रमा आवद्ध गराउनका लागि तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा भएको सहकारीकर्मीसँगको...

...विस्तृतमा पढ्नुहोस्

जनताको सुखदुःख र विकासको सारथी वडा अध्यक्ष हर्क

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ५ नं वडा अध्यक्ष हर्कबहादुर घिसिङ जनताको साँचो अर्थको सुखदुःख र बिकासको सारथी बनेका छन् । गत आव २०७९/८० को संघीय तथा प्रदेश सरकारबाट प्राप्त तथा नगरपालिकाबाट बिनियोजित बजेट शत प्रतिशत कार्यान्वयन गर्ने नगरपालिकाका एक्ला वडा अध्यक्षसमेत बनेका छन् । “नागरिकका दुःख सुख होस् या समस्या समाधान गर्न तत्पर भैहाल्छन् वडा अध्यक्षको कामबाट सिङ्गो ५ नं वडा खुशी र...

...विस्तृतमा पढ्नुहोस्

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद गठन, एमाले पनि सरकारमा सहभागी

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा...

...विस्तृतमा पढ्नुहोस्

गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पार्‍यौं, अब ५ वर्ष नै चल्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको दाबी गरेका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी गरे । नले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन्...

...विस्तृतमा पढ्नुहोस्

नक्कली शरणार्थी प्रकरण : दुईजनालाई धरौटीमा रिहा गरी बाँकीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। ...

...विस्तृतमा पढ्नुहोस्

ब्याजदर घटाउन महासंघ र चेम्बरले संयुक्त पहल गर्ने

बैंकको ब्याजदर घटाउन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त पहल गर्ने भएका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्यसमितिलाई स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको छ । मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले...

...विस्तृतमा पढ्नुहोस्

मिटरब्याजपीडितका समस्या समाधान गर्न अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो। सरकारले मिटरब्याजपीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। ...

...विस्तृतमा पढ्नुहोस्

माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे माधव नेपालकाे आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे आरोप लगाएका छन् । माओवादी केन्द्रको दम्भका कारण आफू दु:खी भएको उनकाे भनाइ छ। पार्टीको प्रशिक्षणको सिलासिलामा आज बिहान सुर्खेत आएका नेपालले पत्रकार सम्मेलनमा भने, ‘माओवादी केन्द्रमा घमण्ड बढ्दै गएकाले त्यसबाट म दुःखी भएको छु ।’ अध्यक्ष नेपालले भने, ‘बजेटको बाँडफाँट आफैँ गर्ने, अनि अरू साझेदार पार्टीको कुनै अस्तित्व नै छैन भन्ने ठान्ने...

...विस्तृतमा पढ्नुहोस्

पृथ्वी राजमार्ग पुनः ठप्प

पृथ्वी राजमार्गमा सवारी आवागमन फेरि ठप्प भएको छ। धादिङको धार्केस्थित गणेश खोला पुलनजिकै फेरि भ्वाङ परेर सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको हो। धुनिबेँसी नगरपालिका– ६ र थाक्रे गाउँपालिका– ८ को सिमाना जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि ग्याबिन जाली लगाएर एकतर्फी सवारी आवागमन गरिएको थियो। सोही स्थाननजिकै सडक भासिएर भ्वाङ परेपछि अहिले दुवैतर्फको सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलालप्रसाद...

...विस्तृतमा पढ्नुहोस्

दार्चुला अपडेट : तीनजनाको शव फेला

दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ। एक पुरुष र दुई महिलाको शव फेला परेको हो। उनीहरूको शव बाहिर निकाल्ने प्रयास भइरहेको छ। फेला परेका पुरुष दुहु गाउँपालिका, पोक्सेका १८ वर्षीय प्रवीण कुँवर रहेको प्रहरीले जनाएकाे छ। अन्य दुई  महिलाको सनाखत हुन बाँकी छ। बेपत्ता अन्य दुई महिलाको खोजी कार्य जारी छ। दार्चुला र बझाङमा यार्सा टिप्न गएका उनीहरू  हिमपहिरोमा बेपत्ता भएका थिए। ...

...विस्तृतमा पढ्नुहोस्