विजेता खेलाडीलाई प्रतिव्यक्ति ६ लाख दिने निर्णय 

मन्त्रिपरिषद् बैठकले एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रु. ६ लाख र अफिसियललाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेकाे सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि बैठकले गरेकाे छ । मंगलबार सम्पन्न फाइनलमा युएईलाई सात विकेटले हराउँदै राष्ट्रिय टोलीले ट्रफी उचालेको हो । यससँगै नेपालले आगामी...

...विस्तृतमा पढ्नुहोस्

बुद्ध जयन्ती मनाउन एक करोड बजेट

लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ । यो वर्षको बुद्ध जयन्ती वैशाख २२ गते मनाइँदैछ । बुद्ध जयन्ती अन्तर्गत वैशाख २१ गते बिहान दीप प्रज्ज्वलन, महापरित्राण हुने र २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । हरेक...

...विस्तृतमा पढ्नुहोस्

चुनावमा धाँधली भयो, एमालेको विजय खोसियो : ओली

एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी, धाँधली र बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गरे ।एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेको बताए । ‘धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौं,’ उनले भने,’...

...विस्तृतमा पढ्नुहोस्

विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई

पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरको जीत गर्दै अर्जेन्टिनाले कतार विश्वकप फुटबलको उपाधि हात पारेको छ । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, डिबाला, पेड्रेस र मोन्टरेलले गोल गरेका थिए । फ्रान्सका लागि एम्बाप्पे, कोलु मोनले मात्रै गोल गर्दा कोम्यान र टाउचमनको प्रहार विफल भएको थियो । अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि रहेको छ । निर्धारित समयमा र अतिरिक्त समयमा गरी ३–३ गोलको बराबरी भएपछि खेलको नतिजा...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रपतिको कार्यालयले थाल्यो संसदका जेष्ठ सदस्यको शपथको तयारी

राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ ग्रहण गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ । ‘बुधबार शपथ हुन सक्छ, वा बिहीबार बिहानै पनि हुन सक्छ । ठ्याक्कै समय तय भएको छैन’, ढकालले...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्रीको रेशबाट रामचन्द्र आउट !

नेपाली कांग्रेसमा प्रधानमन्त्रीको रेशबाट वरिष्ठ नेता रामचन्द्र पौडेल आउट भएका छन् । यसअघि उनी सभापति देउवासँगै पौडेल र महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । त्यसका लागि उनले पछिल्लो समय राजनीतिक भेटवार्ता र संवादलाई तीव्रता दिएका थिए । नेताहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस संसदीय दलको नेताका लागि नै पौडेल प्रतिस्पर्धामा नआउने भएपछि उनी प्रधानमन्त्रीको रेशबाट पनि आउट भएका हुन्...

...विस्तृतमा पढ्नुहोस्

सन्दीप लामिछानेलाई अदालत उपस्थित गराइँदै

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्रेको थियो । तर दशैंको विदा परेका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो । सन्दीपविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई निश्चित दिन तोकेर...

...विस्तृतमा पढ्नुहोस्

“मण्डनदेउपुरको विकास र समृद्धि अघि बढ्यो बढ्यो !” : गोकुल बाँस्कोटा

काभ्रे । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मण्डनदेउपुरको दोश्रो सम्मेलनबाट ईश्वरी घिसिङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । ६९ सदस्यीय कमिटीमा उपाध्यक्ष हरिमायाँ भट्टराई तिमल्सिना, तारा न्यौपाने र मञ्जु पाठक, सचिवमा कुलदिपा सापकोटा, उपसचिवहरू नानू नेपाल र अप्सरा दुलाल तथा कोषाध्यक्ष सरिता ढकाल निर्वाचित भएको नेकपा एमाले मण्डनदेउपुर नगर अध्यक्ष शेरबहादुर डोटेलले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य गोकुल...

...विस्तृतमा पढ्नुहोस्

आजको बैठकमा एमसीसी पेश नगर्ने गठबन्धनमा सहमति, अर्को बैठक ८ गते

सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो...

...विस्तृतमा पढ्नुहोस्

फागुन ६ गते संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन्  बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने । एमसीसी टेबल गर्ने...

...विस्तृतमा पढ्नुहोस्