मान्छेमात्र होईन पशुपंक्षीमाथी पनि सामान्य अन्याय भयो भने अहिले तत्काल नियानिसाफ हुन्छ, कोही कसैको दवावमा अन्यायमा परीहालियो भने सारा अधिकारकर्मी उर्लन्छन न्यायको वकालतमा । फेसबुक र सामाजिक सञ्जालका भित्तो रंगिन्छ न्याय हराएको देश । धेरैले त यही मेसोमा दनक दिईहाल्छन १७ हजार मार्नुको सार्थकता के हो ? देशभित्रकै दाजुभाई आपसी लडाईमा मारीनु कुनै हालतमा पनि जायज होईन, तर ति दाजुभाईको रगतले देशलाई कुन दासताको युगबाट मुक्ति दिलायो भन्ने कुरा भने अवस्था सम्झनायोग्य छ । त्यसका लागि यहाँलाई स्वागत छ शिल्पी थिएटर अर्थात बत्तिसपुतलीको गोठाले नाटकघरमा । भएभरको सम्पत्ती साहुको तमसुकमा सहिछापसंगै बुझाएर छोरीको बिहेका लागि ऋण लिनुपर्ने गरीव गाउँले रणध्वज अनि लगभग बिहेको मण्डपबाटै एउटा गरीवकि छोरी मैयालाई मुखियाले जालझेल गरेर गरगहना सहित भारतमा बेच्न पठाएपछि बहिनीको साटो दिदी जुना डोली चढेर जानुपरेको कारुणीक दृस्यले कसैको आँशु थामिन्न ।
कान्छी छोरी भागेपछि जेठी छोरीलाई जवर्जस्ती डोली चढाएर पठाउनु अनि लिएको ऋण तिर्न नसकेपछि साहुले घरखेत जवर्जस्ती हडपेको अवस्थाले सामाजिक सञ्जालमा जनयुद्ध किन भन्नेहरुलाई राम्रो जवाफ दिएको छ । आफ्नो हुनेवाला ससुरालाई ऋणबाट मुक्ति दिएर बिबाह गर्ने सोँच भएको एक गाउँले यूवाको सपना चकनाचुर पार्दै उसकी प्रेमीका आफ्नै मितदाजुको डोलीमा जवर्जस्ती चढाउने फटाहा मुखियाको शासन चल्ने कालरात्रीहरुबाट मुक्ति दिनका जुन लडाई लडेर नेपाली समाजलाई यहाँ ल्याईयो, उनीहरुप्रति नाटक हेर्ने जो कोहीले पनि लडाईलाई स्यालुट गर्छ । गाउँले प्रेमी अम्बरसंग संगै जीउने कसम खाएकी जुनालाई जवर्जस्ती बहादुरेको डोलीमा चढाएर पठाएपछिको अवस्था र हुनेवाला ससुरा सामन्तबाट ऋणमुक्त गरेर जुनालाई बिहे गर्न आएको अम्बरले आफ्नै मितदाजुको श्रीमतिको रुपमा आफ्नी प्रेमीका देखेपछि मुर्छिएको अवस्थाले प्रेमी प्रेमीका मात्र होईन हरेक मानवको मन कोक्याउँछ । आफ्नो सम्पत्तिको एकमात्र हकदार भतिज अम्मबरको हत्याका लागि उसको मितदाजु बहादुरेलाई उक्साएर हिँसा मच्चाउने सामन्ती प्रवृत्तिको मुखिया चतुरमानको कारण बिहे गरेको चार महिनामा सेतो पहिरनमा बस्नुपरेको जुनाको अवस्था देख्दा छन सामन्ती प्रबृत्तिमाथी बदलाभाव पलाउँछ ।
सन ३० र ४० को दशकमा जनताको मानसपटलमा बसेको यो नाटक सामन्ती संस्कारका परिणमस्वरुप आर्थिक असमानता र सामाजिक अन्याय भोग्न बाध्य पारीएका शोषित, पीडित र किनारीकृत जनताका आजात प्रतिध्वनित गरेको छ । ‘दुःख सबैको समान हो, थाहा छैन कति न्याय गरेको छु’ निर्देशक बराल भन्छन् ‘यस नाटकमा घटनापछिको असर भदा पनि घटनासँगैका असर अरु छन जस्तो लाग्छ ।
गाउँले गरीवको आर्थिक समस्यामा सामन्तले सिर्जना गरेको सामाजिक संकटलाई यथार्थमा उतार्न कलाकारहरु सफल भएका छन् । अभिनय यति सजिव छ की दर्शक शिल्मीको घरभित्र बसीरहँदा चतुरमान, खत्रिनी, माया, रणधोज, पम्फा, अम्बर, जुना, कान्छी, मैया, सन्ते, बहादुरे, बाबरी, बुढानाथ, खुलाल, बिर्खे, शमशेर, गाईने, कलकाँधेले २० वर्ष अघिको गाउँमै फर्काउँछन् । बालकलाकारहरु काब्य, मुना र सन्देशले गाउँमा बिहे र द्यौसीको बेला रमाउँदा बालपन झल्काएर आँखा रसाईदिन्छन् । सन १९९२ मा पहिलोपटक दार्जि्लिङ्ग र वि सं २०३३ सामा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको नाटक ‘अनि देउराली रुन्छ’लाई शिल्पीले यही जेठमा काठमाडौमा मञ्चन गरेको हो । नाटक दर्शको आग्रहअनुसार असार ५ सम्म चल्ने शिल्पी कला समूहका अध्यक्ष कुमार आलेले बताए ।
मा प्रकाशित
यसमा तपाइको मत
साहित्य बाट अन्य
ललितपुर । साहित्यकार श्रीराम पाण्डेद्वारा लिखित नवीन कविता संग्रह ‘निःशब्द शब्द’ को शनिबार ललितपुरमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व रहेको थियो भने...
चितवन। जीवनमा सफलताको शिखरमा पुग्ने मानिसहरूको कथा प्रायः परिणामबाट चिनिन्छ, तर त्यस परिणामसम्म पुग्न बगेको पसिना, भोगिएको अभाव र लडेर फेरि उठ्ने साहस धेरैलाई थाहा हुँदैन। चितवनका प्रतिष्ठित व्यवसायी तथा भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्द...
काठमाडौं । अम्मर बहादुर कुँवर नेपालको दुग्ध सहकारी आन्दोलनका एक अथक अभियन्ता, सफल सहकारीकर्मी तथा किसानका सच्चा हितैषीका रूपमा परिचित हुनुहुन्छ । उहाँको जन्म विक्रम सम्बत २०२१ साल भदौ ५ गते स्वर्गीय बुवा सन्तबहादुर...
महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...
डा. डि आर उपाध्य काठमाडौँ । बालबालिका देशका कर्णधार हुन् भन्ने कथन सधैँ सर्वमान्य रहेको छ । यी कर्णधारहरु जति सशक्त हुन्छन् त्यति नै मुलुक बलियो हुन्छ । हामीले ध्यानपूर्वक आफ्ना वरिपरिको सामाजिक...
कास्की ९, मंसिर । पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा विजयी भएका छन् ।प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित भएका हुन् । ५८४ मत पाएर...






