यही अवस्थामा कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ- देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उनको भनाइ छ । नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व. भरतप्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य...

...विस्तृतमा पढ्नुहोस्

९ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो । मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् । यीमध्ये सान्भी हालै...

...विस्तृतमा पढ्नुहोस्

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ । काठमाडौं । भारतको राजधानी नयाँ...

...विस्तृतमा पढ्नुहोस्

विधेयक फिर्तामा चासो राख्दै सभामुखले भेटे राष्ट्रपति

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका संसदमै फर्काएपछि सभामुख देवराज घिमिरेले चासो राखेका छन् । आज बिहान शीतल निवास पुगेर घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेको सभामुखनिकट स्रोतले बतायो । संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने...

...विस्तृतमा पढ्नुहोस्

अर्थ मन्त्रालय प्रवेशमा कडाइ

काठमाडौं । अर्थ मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ । बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरिएको जनाइएको छ । “बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । हाल तयारीका कार्यहरू जारी छन्,” अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, “बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।” आर्थिक वर्ष २०८२/८३ को बजेट...

...विस्तृतमा पढ्नुहोस्

वृद्धभत्ताको उमेर ७० वर्ष कायम गरिँदै

काठमाडौं । वृद्ध भत्ताको उमेर ७० वर्ष बनाइने भएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ । सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । दलित ज्येष्ठ नागरिक, साविक कर्णाली क्षेत्र, विधवा, सम्बन्धविच्छेद वा विवाह नगरेकी एकल महिलाको हकमा ६० वर्ष मा भत्ता दिइँदै...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । ओलीलाई मेन्सन गर्दै मोदीले लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी,...

...विस्तृतमा पढ्नुहोस्

सहकारी क्षेत्रमा समस्या आउनुमा सरकार पनि जिम्मेवार छ: अध्यक्ष मल्ल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई अवसर मानेर निजी कम्पनी बनाउँदा अभियानले पीडा भोग्नुपरेको बताएकी छिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा आयोजित ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह समितिको कार्यक्रम बोल्दै उनले भनिन्, ‘कोरोना महामारीसँगै आर्थिक मन्दी देखियो । अर्को कुरा हामीले लुकाउनु हुँदैन सहकारीलाई निजी कम्पनी...

...विस्तृतमा पढ्नुहोस्

राजावादी समूहको कुनै प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

काठमाडौं । सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरिएको जानकारी गराए । ‘यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै उनले भने । त्यस्तै, उक्त...

...विस्तृतमा पढ्नुहोस्

हिउँदे अधिवेशनको ६१ दिन : ११८ घण्टा २१ मिनेटमा के-के भयो

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदै अधिवेशन आज अध्यरातबाट अन्त्य हुँदैछ । गत माघ १८ गतेबाट सुरू भएको यो पाँचौ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद सचिवालयले जनाएको छ । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ । यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये...

...विस्तृतमा पढ्नुहोस्